Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कालिकोटका बाढी पीडितलाई पलको सहयोग

फिल्मीखबर, काठमाडौं, 2020/08/23
 
कोरोनाका कारण लकडाउन भएपछि रोजीरोटी गुमेका फिल्म प्राविधिकहरुलाई ५ लाख बराबरको खाद्यन्न सहयोग गरेका अभिनेता पल शाहले शनिवार कालिकोटका बाढी पीडितलाई राहत सामाग्री वितरण गरेका छन् । बुधवार खाद्यान्न र लत्ता कपडा बोकेर काठमाडौंबाट हिँडेका उनले बाढी पहिरोबाट प्रभावित भएका कालिकोटका ४० घर परिवारलाई सहयोग गरेका हुन् । 
 
हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्यमा कालिकोटका बाढी पीडितलाई सहयोग गरिएको हो । कालिकोट नरहरिनाथ गाउँपालिकामा पहिरो जाँदा ठूलो जनधनको क्षति भएको थियो । पहिरो प्रभावितलाई राहतको आवश्यकता रहेको हुँदा प्रतिकुल अवस्थाका बावजूद पनि कालिकोट पुगेको पलले बताए । दुई चरणमा बाढी पीडितलाई सहयोग गरिएको उनको भनाई छ ।
 
पल भन्छन्, ‘कोभिड १९ सँग जुधिरहेका विपन्न नागरिकले प्राकृतिक विपद्को पनि एकैचोटी सामना गर्नुपरेपछि हामीले सक्ने सहयोग सामग्री लिएर कालिकोट पुगेका हौं । बाढी पहिरोका कारण यात्रा कष्टकर भए पनि कालिकोटको पीडा महशुस गरेर सहयोग गर्न पुगेका हौं ।’ दुःखमा परेका नेपालीलाई सहयोगको हात बढाउन पाउँदा खुसी अनुभूति भएको उनी बताउँछन् ।
Most Visited News (monthly)