Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

‘प्रेमगीत ३’ निर्देशक गुरुङको निधन

फिल्मीखबर, काठमाडौं, 2020/09/09
 
फिल्म निर्देशक तथा स्क्रिप्ट राइटर छेतन गुरुङको निधन भएको छ । मंगलवार विहान २ बजे काठमाडौंको मेट्रो अस्पतालमा उनको ४२ वर्षको उमेरमा निधन भएको निर्माता सन्तोष सेनले जानकारी दिएका छन् । लिभरमा समस्या देखिएपछि दुई दिन अगाडि उनलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा निधन भएको हो ।
 
‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता फिल्मको स्क्रिप्ट लेखिसकेका छेतन गुरुङ फिल्म ‘डम्बरुको डण्डीवियो’ बाट निर्देशनमा होमिएका थिए । उनी निर्देशित नयाँ फिल्म ‘प्रेमगीत ३’ प्रदर्शनमा आउन बाँकी छ । लकडाउनमा कारण यो फिल्म प्रदर्शनमा आउन नसकेपछि उनी केही महिनायता फिल्म ‘हुतुतु’ को तयारीमा थिए । यो फिल्मको उनी आफैंले निर्देशन गर्दै थिए ।
 
लभस्टोरी फिल्मको कथा लेख्न सिपालु मानिने निर्देशक गुरुङको फिल्म ‘डम्बरुको डण्डीवियो’ मा निर्देशकिय क्षमताको प्रशंसा भएको थियो । यद्यपि, फिल्म भने बक्सअफिसमा चलेन । उनी फिल्म ‘प्रेमगीत ३’ लाई लिएर निकै उत्साहित थिए । तर, यो फिल्म प्रदर्शनमा आउनुभन्दा अगाडि नै उनले संसारबाट विदा लिएका छन् । उनको निधनले नेपाली फिल्म क्षेत्रमा शोक छाएको छ ।
 
फिल्म ‘नोभेम्बर रेन’ को कथा, पटकथा र संवाद लेखेर छेतन गुरुङ फिल्म क्षेत्रमा भित्रिएका थिए । उनले पहिलो फिल्मबाटै उत्कृष्ट लेखकको अवार्ड उचालेका थिए । त्यस्तै, डेब्यू निर्देशित फिल्म ‘डमरुको डण्डीवियो’ बाट उनले कामना अवार्डमा नव-निर्देशकको अवार्ड जित्न सफल भएका थिए । उनले सन् २०१५ मा आएको फिल्म ‘आभाष’ को एक गीतमा संगीत समेत भरेका छन् ।
Most Visited News (monthly)