Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ

फिल्मीखबर, काठमाण्डौ, 2020/09/08
 
बलिउड अभिनेत्री तथा दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्तीलाई एनसिबीले मंगलवार पक्राउ गरेको छ । उनीमाथि ड्रग्स प्रयोग गरेकोसहित विभिन्न गम्भीर आरोप लागेको थियो, जसको विषयमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले उनीसँग निरन्तर सोधपुछ गरेको थियो । पक्राउ गरेपछि मेडिकल टेस्ट र कोरोना परीक्षण गर्न उनलाई अस्पताल लगिएको छ ।
 
एनसिबीले पहिलो दिन रिया चक्रवर्तीसँग करीब ६ घण्टा लामो सोधपुछ गरेको थियो । दोस्रो दिन ८ घण्टा र तेस्रो दिन अर्थात् मंगलवार ३ घण्टा सोधपुछपछि उनलाई एनसिबीले पक्राउ गरेको हो । ड्रग प्याडलिङ मुद्धामा उनी पक्राउ परेकी हुन् । सुशान्त सिंह राजपूतलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै उनका प्रशंसक रियाको पक्राउको लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए । 
 
पहिला रियालाई सीबीआईले पक्राउ गर्ने धेरैको आँकलन थियो । तर, यो मुद्धामा ड्रग्स एंगल आएपछि एनसिबीको प्रवेश भएको थियो । ड्रग्स खरिद गरेको मामलामा यसअघि रियाका भाई शोभिक चक्रवर्तीलाई पक्राउ गरिएको थियो । अब ड्रग्स मामलामा रिया पनि पक्राउ परेकी छन् । उनले विभिन्न अन्तर्वार्तामा आफूले ड्रग्स लिने गरेको कुरामा सत्यता नभएको बताएकी थिइन् ।
Most Visited News (monthly)