Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘फ्यान्टास्टिक बिस्टस् ३’ मा जोनीको ठाउँमा म्याड्स

एजेन्सी, अमेरिका, 2020/11/26
 
‘पाइरेट्स अफ द क्यारिबियन’ फेम अभिनेता जोनी डेपले ‘द सन’ पत्रिकासँगको मुद्धा हारेपछि निर्माण कम्पनी वार्नर ब्रोसको दबाबमा फिल्म ‘फ्यान्टास्टिक बिस्टस्’ छाड्ने घोषणा गरेका थिए । यसपछि उनको ठाउँमा ‘फ्यान्टास्टिक बिस्टस् ३’ मा कसको प्रवेश हुन्छ भन्ने धेरैलाई चासो थियो । निर्माण टिमले जोनीले निर्वाह गरेको चरित्र गेलर्ट ग्रिन्डेलवाल्डको रिप्लेसमेन्ट खोजेको छ । 
 
वार्नर ब्रोसले जोनी डेपको ठाउँमा म्याड्स मिक्केल्सेनलाई साइन गरेको छ । उनले ‘द हन्ट, जेम्स बोन्डको कसिनो रोयल, डक्टर स्ट्रेन्ज, वलहला राइजिङ, क्ल्यास अफ द टाइटन्स’ जस्ता फिल्ममा काम गरिसकेका छन् । मुद्धा हार्नुभन्दा अगाडि जोनीले यो फिल्मको एक दिनको सुटिङ पनि गरेका थिए । यसका लागि निर्माण कम्पनीले उनलाई १० मिलियन डलर तिरेको बताइएको छ ।
 
जोनीले फिल्मको फ्रेन्चाइजबाट अलग भएको घोषणा गर्दै इन्स्टाग्राममा लेखेका थिए, ‘वार्नर ब्रोसले मलाई ‘फ्यान्टास्टिक बिस्टस्’ बाट हट्न भनेको छ । मैले उसको आग्रह स्वीकार गरेको छु ।’ जोनीको श्रीमती अम्बर हेयर्डसँग डिभोर्सको विवाद चलिरहेको छ । यो मामलामा ‘द सन’ पत्रिकाले श्रीमतीलाई पिट्ने गरेको आरोप लगाएपछि जोनी डेपले पत्रिकाविरुद्ध मुद्धा दर्ता गरेका थिए ।
Most Visited News (monthly)