Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भूमिको डरलाग्दो ‘दुर्गामती’ ट्रेलर (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2020/11/25
 
अभिनेता अरशद वारसी र अभिनेत्री भूमि पेडनेकर अभिनीत फिल्म ‘दुर्गामती’ को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनट २० सेकेण्डको ट्रेलर निकै थ्रिलिङ छ । जी अशोकको निर्देशनमा बनेको यो फिल्म तमिल तेलुगू भाषाको फिल्म ‘भगमती’ को हिन्दी रिमेक हो । ओरिजनल फिल्मका निर्देशक पनि जी अशोक हुन् भने यसमा अनुष्का शेट्टीले मुख्य भूमिका निर्वाह गरेकी थिइन् । 
 
यो फिल्मको ट्रेलरमा केही सिन डरलाग्दा छन् । राजनीतिज्ञको भूमिकामा रहेका ईश्वर प्रसाद (अरशद वारसी) ले प्राचिन मुर्ति चोरेर बेच्ने गरेको आशंकापछि प्रहरीले अनुसन्धान थाल्छ । यो कार्यमा चञ्चल चौहान (भूमि पेडनेकर) पनि सामेल रहेको थाहा पाएपछि प्रहरीले उनलाई सोधपुछका लागि जंगलमा रहेको एक घरमा लैजान्छ । उक्त घरभित्र हुने घटनालाई फिल्ममा उतारिएको छ । 
 
ट्रेलरमा सबैभन्दा दमदार भूमिको अभिनय र उनको लुक्स छ । बलिउड अभिनेता अक्षय कुमारले पनि फिल्मको ट्रेलर ट्विटरमा शेयर गर्दै लेखेका छन्, ‘उसको रिसदेखि कोही बच्न सकेका छैनन् । फिल्मको रिलिजमा धेरै समय छैन । अब देख्न यो बाँकी छ भने फिल्मको रिभ्यू कस्तो आउँछ ।’ आउँदो ११ डिसेम्बरमा अमेजन प्राइम भिडियो इन्डियाबाट ‘दुर्गामती’ वल्ड प्रिमियर हुनेछ ।
 
ट्रेलर हेर्नुहोस् :-
 

Most Visited News (monthly)