Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7453 - 7458 of 23772
फिल्मीखबर, काठमाण्डौ, 2020-11-28, शनिवार

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर निर्माण भएको रिमेश अधिकारी निर्देशित फिल्म ‘नालापानी’ लाई विषेश चलचित्र घोषणा गरी आर्थिक सहयोग उपलब्ध गराउन फिल्म सम्बन्धित संघ संस्थाहरुले सरकारसँग सिफारिस गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2020-11-28, शनिवार

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेपछि रोकिएको फिल्म ‘परदेशी २’ को छायांकन सुरु भएको छ । बिहीवारबाट पाल्पाको माथागढी गाउँपालिकाको विभिन्न स्थानमा फिल्मको छायांकन भइरहेको छ । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फिल्मको छायांकन थालिएको निर्देशक नारायण रायमाझीले जानकारी दिए ।

एजेन्सी, मुम्बई, 2020-11-27, शुक्रवार

तेलुगू फिल्मका चर्चित अभिनेता साईं श्रीनिवास बेल्लमकोन्डा बलिउड फिल्म इन्डस्ट्रीमा इन्ट्री गर्ने तयारीमा छन् । उनले आफ्नो बलिउड डेब्यूका लागि एस.एस. राजामौली निर्देशित तथा प्रभास अभिनीत सुपरहिट तेलुगू फिल्म ‘छत्रपति’ को हिन्दी रिमेक रोजेका छन् । पेन स्टूडियोका सञ्चालक जयन्ती लाल गढाले यो फिल्मको निर्माण गर्नेछन् । साईंले फिल्म साइन गरिसकेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-11-27, शुक्रवार

देशभरका उद्योगी-व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारण सभा बिहीवारबाट सुरु भएको छ भने नयाँ नेतृत्वका लागि शनिवार निर्वाचन हुँदैछ । यसपटक बरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । यतिबेला महासंघको निर्वाचनले फिल्मकर्मीको पनि ध्यान आकर्षित गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-11-27, शुक्रवार

कोरोनाका कारण बन्द रहेका प्रायः सबै क्षेत्र खुलिसकेका छन् । तर, सरकारले लकडाउन गर्नुभन्दा अगावैदेखि बन्द भएको फिल्म क्षेत्र अझै ठप्प छ । दशैंदेखि फिल्म छायांकन सुरु भए पनि आठ महिनादेखि बन्द रहेका सिनेमा हलहरु खुल्न सकेका छैनन् । फिल्म सम्बद्ध विभिन्न संघ-संस्थाहरुले सिनेमा हल, फिल्म निर्माण र प्रदर्शनको अनुमति दिन आग्रह गर्दा समेत सरकार मौन छ ।

फिल्मीखबर, काठमाण्डौ, 2020-11-27, शुक्रवार

प्रेम सम्बन्ध सार्वजनिक गर्दा करिअर ध्वस्त हुने सोचाई कलाकारमा छ । यही डरले प्रायः कलाकारहरु प्रेम सम्बन्ध गोप्य राख्न चाहन्छन् । कति भने प्रेम जीवन लुकाउन चाहँदैनन् । प्रियंका कार्की-आयुष्मान देशराज जोशी, वर्षा राउत-संजोग कोइराला, सौगात मल्ल-सृष्टि श्रेष्ठलगायतका जोडीले खुलेरै प्रेम व्यक्त गरे । तर, यहाँ प्रेम सम्बन्ध खुलाउनेभन्दा लुकाउनेको संख्या ठूलो छ ।

Results : 7453 - 7458 of 23772
Most Visited News (monthly)