Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जिल्ला प्रशासन कार्यालयले किन बोलायो हल सञ्चालकलाई ?

फिल्मीखबर, काठमाडौं, 2020/12/25
 
कोरोनाका कारण ९ महिनादेखि बन्द रहेको सिनेमा हल खोल्न सरकारले अनुमति दिएको छैन । दशैंअघिदेखि भीडभाड हुने प्रायः सबै क्षेत्र खुलिसक्दा पनि सिनेमा हल खोल्ने विषयमा सरकारले चासो नदिँदा शुक्रवारबाट हल व्यवसायीहरुले एकतर्फी रुपमा सिनेमा हल खोलेका छन् । सरकारले सिनेमा हल बन्द गर्न बल प्रयोग गरे गिरफ्तारी दिन तयार रहेको उनीहरुको भनाई छ ।
 
शुक्रवारबाट देशभरका सिनेमा हल सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले हल सञ्चालकहरुसँग छलफल गरेको छ । हल खोल्ने विषयमा मन्त्रीपरिषद्मा प्रस्ताव पठाउनका लागि जिल्ला प्रशासन कार्यालयले आफूहरुलाई डाकेको नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले बताए । ‘अहिलेसम्म मन्त्रीपरिषद्मा हल खोल्ने प्रस्ताव नै पुगेको रहनेछ,’ उनले भने । 
 
जिल्ला प्रशासन कार्यालयले शुक्रवार मन्त्रीपरिषद्को बैठकमा सिनेमा हल खोल्ने प्रस्ताव लैजाने उनले बताए । ‘जिल्ला प्रशासन कार्यालयसँगको छलफलमा सरकारले सिनेमा हल खोल्न चासो नदेखाएपछि हामीले बाध्य भएर हल खोलेका हौं भनेर जानकारी गराएका छौं । सरकारले कानुनी रुपमा खोलिदिए राम्रो, नभए पनि हामी सिनेमा हल खोल्छौं भनेर भनेका छौं,’ उनले भने ।
 
उनी शुक्रवार बस्ने मन्त्रीपरिषद्को बैठकले सिनेमा हल खोल्न अनुमति दिनेमा विश्वस्त छन् । यस विषयमा कुनै निर्णय नभए पनि सिनेमा हल खुल्ने उनले बताए । नयाँ फिल्म प्रदर्शन नभएका कारण शुक्रवार सिनेमा हलमा दर्शकको उपस्थिति उत्साहजनक नभएको बताउँदै निर्देशक समेत रहेका शर्माले भने- ‘नयाँ फिल्म प्रदर्शन गर्नका लागि माहोल बनाउन सिनेमा हल खोलेका हौं ।’
Most Visited News (monthly)