Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

श्रद्धालाई शुसान्तको कमि महशुस

फिल्मीखबर, काठमाडौं, 2021/01/03
सिनेमाघरमा रिलीज भएको दिवंगत सुशांत सिंह राजपूतको अन्तिम फिल्म 'छिछोरे' हालै  ५१औं इन्टरनेशनल फिल्म फेस्टिवल अफ इण्डिया (IFFI) मा  स्क्रीनिंगको लागि चुनिएको छ । फिल्मको यो सफलतामा सुशांतकी को-एक्ट्रेस रहेकी श्रद्धा कपूर भावुक बनिन् । 
 
 
बलीवुड हंगामाले लेखेको छ, 'श्रद्धा खुशी छन्, किनकी यो फिल्म उनको को-एक्टरको मिठो याद हो, जुन फेस्टिवलमा हेर्न पाईने छ । अर्को तर्फ श्रद्धा भावुक बनेकी छन् किनकी यो खुशीमा शुसांत सहभागि हुँदैनन् । श्रद्धाले सँधै फिल्मको सेटमा शुसांतसँग बिताएका पलहरु याद गर्ने गर्छिन्' ।
 
नीतेश तिवारीको निर्देशनमा बनेको 'छिछोरे' ६ सेप्टेम्बर २०१९ मा सिनेमाघरमा रिलीज भएको थियो । फिल्ममा सुशांत र श्रद्धाले पति-पत्नीको भूमिका निभाएका थिए ।
Most Visited News (monthly)