Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नयाँ वर्षमा ऋचाले घोषणा गरिन् ‘कौसीद’

फिल्मीखबर, काठमाण्डौ, 2021/01/01
 
अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर भर्सटायल अभिनेत्रीको रुपमा परिचित ऋचा शर्माले नयाँ फिल्मको निर्माण घोषणा गरेकी छन् । शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै उनले ‘कौसीद’ नाममा फिल्म बनाउन लागेको जानकारी दिएकी हुन् । पोस्टर हेर्दा फिल्मले बैंकबाट ऋण लिने मानिसको कथा वाचन गर्ने अनुमान गर्न सकिन्छ । 
 
कुमार भाष्करले निर्देशन गर्ने फिल्मलाई केदार भुषालले निर्माण गर्नेछन् । ऋचा प्रस्तुतकर्ता रहेको फिल्ममा डिमेस श्रेष्ठ कार्यकारी निर्माता र लक्ष्मण बानियाँ सह-निर्माताको रुपमा रहेका छन् । नवविजय प्रकाश श्रेष्ठ र धिरजन थपलियाको कथा रहेको फिल्ममा ऋचा र भोलाराज सापकोटा मुख्य भूमिकामा रहनेछन् । भोलाराजले बलिउड फिल्म ‘बर्फी’ मा समेत काम गरिसकेका छन् । 
 
‘आधा लभ, भिर्सा गर्ल र सुनकेसरी’ फिल्मको निर्माण गरिसकेकी ऋचाले नयाँ जोश र उत्साहका साथ ‘कौसीद’ बनाउने बताएकी छन् । उनले फिल्मको छायांकन सुरु हुने मिति भने घोषणा गरेकी छैनन् । निशल पौडेलले खिच्ने फिल्मलाई मित्र डि. गुरुङले सम्पादन गर्नेछन् । निरन्जन श्रेष्ठ, रुपेश दाहाल, निर्भिक भट्टराई, सदिक्क्षा गौतमलगायतको पनि फिल्ममा अभिनय रहनेछ ।
Most Visited News (monthly)