Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

केकीको सुझाव- ‘अहिले रिक्स लिनेभन्दा पनि विदेशी फिल्म चलाऔं’

फिल्मीखबर, काठमाडौं, 2021/09/16
 
कोरोना संक्रमणका कारण बन्द भएका सिनेमा हललाई सरकारले सञ्चालनको अनुमति दिइसकेको छ । तर, नयाँ फिल्म नहुँदा सिनेमा घर खुल्न सकेका छैनन् । अहिले नेपाल चलचित्र संघ, निर्माता संघ लगायतका संघ-संस्थाहरु निरन्तर फिल्म रिलिज गर्न निर्मातासँग छलफलमा छन् । तर, प्रायः निर्माताहरु तत्काल फिल्म रिलिज गरेर करोडौंको लगानीमाथि रिक्स लिने पक्षमा छैनन् ।
 
अभिनेत्री केकी अधिकारीले अहिले आफूहरुले रिक्स लिनुभन्दा पनि विदेशी फिल्म चलाएर दर्शकलाई हलसम्म आउने बानी बसाल्नु पर्ने बताएकी छन् । एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘पहिल्यैदेखि विदेशी फिल्महरु नेपालीमा प्रदर्शन भइरहेकै हुन् । अहिले हामीले रिक्स लिनेभन्दा पनि पहिला विदेशी फिल्मबाट सुरुवात गरेर दर्शकलाई हलसम्म आउने बानी बसाल्नु राम्रो होला ।’
 
उनले अब नेपाली फिल्ममेकर अपग्रेड हुन आवश्यक रहेको पनि बताएकी छन् । कोरोनाको समयमा दर्शकहरुले विश्वका फिल्म हेरिसकेका कारण अब नेपाली फिल्मलाई हेर्ने नजर फरक हुने उनको भनाई छ । उनी भन्छिन्, ‘कोभिडको समयमा दर्शकहरुले संसारमा फिल्म हेरिसक्नुभएको छ । अब हामी अपग्रेड भएनौ भने छाटिन्छौं । अब बुझेका मेकर मात्र अगाडि बढ्न सक्छन् ।’
 
नेपाली फिल्म क्षेत्रमा पारिश्रमिकमा विभेद रहेको पनि अभिनेत्री अधिकारीको अनुभव छ । आफूले विगत १२/१५ वर्षदेखि फिल्म क्षेत्रमा काम गरिरहेको भए पनि नयाँ आएको कलाकारले आफ्नोभन्दा बढी पारिश्रमिक पाउने गरेको उनी गुनासो गर्छिन् । अहिले आफूहरु ‘यति पारिश्रमिक पाए गर्छु नभए गर्दिनँ’ भन्ने अवस्था नरहेको भए पनि विस्तारै परिवर्तन हुँदै जाने उनको विश्वास छ । 
Most Visited News (monthly)