Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूजालाई रिवन काट्न भ्याइनभ्याइ

फिल्मीखबर, काठमाडौं, 2021/12/26
पछिल्लो समय नेपाली कलाकारहरुलाई आम्दानीको स्रोत जटाउन फिल्ममै भर गर्नुपर्ने अवस्था छैन । फिल्मसँगै म्यूजिक भिडियो, ब्रान्ड एम्बास्डर र विभिन्न व्यवसायको उद्घाटन गरेर पनि उनीहरुले राम्रो आम्दानी गर्ने गरेका छन् । चलेका कलाकारलाई ठूला व्यवसायीक घरानाले आफ्नो कम्पनीको ब्रान्ड एम्बास्डर नियुक्त गर्न र व्यवसायको उद्घाटन गराउन ठूलो रकम खर्चिने गर्दछन् ।
 
pooja sharma
 
अभिनेत्री पूजा शर्मालाई पनि आजभोली विभिन्न व्यवसायको रिवन काट्न भ्याइनभ्याइ छ । फिल्म र म्यूजिक भिडियोमा उनको चुलिँदो लोकप्रियतालाई ‘क्यास’ गर्न उनको हातबाट व्यवसायको उद्घाटन गराउन चाहनेहरुको ठूलो भीड छ । गत हप्ता ‘माछा हाउस’ को रिवन काटेकी उनले शनिवार नयाँ स्वरुपमा बनाइएको ‘फेसियल हाउस’ को पनि आफ्नै हातले उद्घाटन गरेकी छन् । 
 
काठमाडौं मलको चौथों तल्लामा अवस्थित ‘फेसियल हाउस’ को बार्षिकोत्सवको अवसरमा नायिका पूजासँगै नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, निर्देशक शोभित बस्नेत, नायकद्धय दिकपाल कार्की र यशराज गराचले संयुक्त रुपमा रिवन काटेका थिए । उनीहरुले केक काट्दै ‘फेसियल हाउस’ लाई शुभकामना पनि दिए । यो हाउसले १४ बर्ष सेवा दिँदै आएको छ । 
 
अभिनेत्री पूजाले आफू नायिका बन्नु अगाडिदेखि नै ‘फेसियल हाउस’ मा आउने गरेको र यहाँको सर्भिस उत्कृष्ट रहेको बताएकी छन् । यस्तै, व्यवसायी भवानी राणाले सुष्मा महराको मिहिनेत र ग्राहकको विश्वास जित्न सकेकाले ‘फेसियल हाउस’ १४ बर्षदेखि अगाडि बढिरहेको बताइन् । नायक द्वय कार्की र गराचले ‘फेसियल हाउस’ ले दिने सेवाबाट आफूहरु प्रभावित रहेको बताए । 
 
pooja sharma
 
‘फेसियल हाउस’ की सञ्चालिका सुष्मा महराले विगत १४ बर्षदेखि आफूहरुले चुनौती सामना गर्दै काम गरेको बताइन् । उनका अनुसार, काठमाडौंभित्र ३ वटा र मोफसलमा २ वटा शाखामा छन् । यो हाउसले नेपालकै नम्बर १ ब्यूटी पार्लरको अवार्ड समेत जितेकोेछ । कार्यक्रममा ‘फेसियल हाउस’ मा काम गरिरहेका कर्मचारीलाई विभिन्न विधामा अवार्ड समेत प्रदान गरिएको थियो । 
Most Visited News (monthly)