Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आचार्य’ फ्लप भएपछि ‘कस्तुरी’को छायांकनमा फर्किए निखिल

फिल्मीखबर, काठमाडौं, 2026/11/27

nikhil upreti

 

काठमाडौं । अभिनेता निखिल उप्रेतीलाई यस वर्ष ठूलो धक्का लाग्यो । उनले ९ वर्षपछि निर्देशनमा पुनरागमन गरेको फिल्म ‘आचार्य’ बक्स अफिसमा डिजास्टर बन्यो । ५ करोड हाराहारीको लागतमा निर्माण भएको फिल्मले २ करोड पनि कमाउन सकेन । यो फिल्मको असफलताले उनको स्टारडममाथि नै प्रश्न उठाएको छ । कतिपयले ‘निखिल युग’ सकिएको टिप्पणी गरेका छन् । 

‘आचार्य’को असफलतापछि करिब दुई महिना मौन देखिएका निखिल शुक्रबारबाट आफ्नो नयाँ फिल्म ‘कस्तुरी’को दोस्रो चरणको छायांकनमा जोडिएका छन् । यो फिल्मको १० प्रतिशत मात्र छायांकन बाँकी छ । अबको एक सातामा फिल्मको सम्पूर्ण छायांकन सकिने जनाइएको छ । फिल्ममा निखिलको जोडी अभिनेत्री वर्षा सिवाकोटीसँग बाँधिएको छ । 

टेन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको फिल्ममा शेखर चापागाईँ, निर्मल शर्मा, अर्जुन गुरुङ (भँगेरी डन), भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बमजन, मीरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा र नेहा गौतमलगायतका कलाकारको पनि अभिनय छ । अतिथि भूमिकामा गौरव पहारी र हेना नगरकोटी देखिँदैछन् ।

ऋत बोहोराको निर्देशनमा बनिरहेको फिल्मको पटकथा उनी स्वयंले तयार पारेका हुन् । फिल्ममा धीरजकुमार अग्रवाल निर्माताका रूपमा छन् । टेन प्लास्ट इन्डस्ट्रीजका अध्यक्ष अग्रवालले यही फिल्मबाट निर्माणमा हात हालेका हुन् । सह-निर्मातामा अञ्जली चौधरी छिन् । आलोक शुक्ला छायाकार रहेको फिल्ममा प्रशान्त सिवाकोटीको संगीत छ ।