Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चौथो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ फागुन २३ देखि

फिल्मीखबर, काठमाडौं, 2026/11/25

4th KARNALI FILM FESTIVAL 2

 

काठमाडौं । कर्णालीलाई फिल्म पर्यटनको गन्तव्य र छायांकन हब बनाउने उद्देश्यसहित सुरु भएको ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को चौथो संस्करण फागुन २३ गतेदेखि आयोजना हुने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दैलेखको गुराँसमा आयोजना हुने गुराँस पर्यटन महोत्सवसँगै कर्णाली चलचित्र महोत्सवको शुभारम्भ हुने जानकारी दिइयो ।

फागुन २४ गते सुर्खेतमा कर्णाली पर्यटन तथा फिल्म संवाद र विशेष फिल्म प्रदर्शनसहित ‘कर्णाली हेरौँ, कर्णाली घुमौँ’ भिडियो प्रतियोगिता आयोजना गरिने जनाइएको छ । वैशाख ११ गते काठमाडौंमा अवार्ड वितरण र आगामी मेमा सिक्किम र सिलिगुडीमा नेपाल-भारत पर्यटन तथा फिल्म सहकार्य संवाद आयोजना गरिने महोत्सवका निर्देशक चक्रबहादुर चन्दले जानकारी दिए ।

कर्णालीका छायांकन स्थललाई विश्वमाझ पुर्‍याउनु महोत्सवको प्रमुख उद्देश्य रहेको चन्दले बताए । उनले भने, ‘कर्णालीलाई फिल्म पर्यटनको गन्तव्य र छायांकन हब बनाउने हाम्रो लक्ष्य हो । स्थानीय कलाकार र फिल्मकर्मीको पहिचान तथा प्रोत्साहन र जलवायु परिवर्तनको सन्देश दिने फिल्मलाई विशेष सम्मान गर्ने काम यसपटक पनि निरन्तर हुनेछ ।’

चौथो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डित, गुराँस गाउँपालिका दैलेखका प्रमुख टोप बहादुर बिसी, निर्माता तथा कलाकार दीपकराज गिरी, अभिनेत्री रेखा थापा, महोत्सवका सद्भावना दूत तथा अभिनेता प्रदीप खड्का, निर्देशक आकाश अधिकारी, निर्माता सन्तोष सेनलगायतको उपस्थिति रहेको थियो ।