Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मैं वापस आऊंगा’ : फ्लपको अनुमान उल्ट्याउँदै बक्स अफिसमा उछाल

एजेन्सी, काठमाडौं, 2026/06/23

Main Vaapas Aaunga

 

‘राम्रो फिल्म समयसँग हार्दैन’ भन्ने मान्यतालाई बलिउड फिल्म ‘मैं वापस आऊंगा’ले पुनः स्थापित गरेको छ । लभस्टोरी जनरामा अब्बल मानिएका निर्देशक इम्तियाज अलीको निर्देशनमा बनेको यो फिल्मले दयनीय ओपनिङ गरेको थियो । १२ जुनमा रिलिजमा भएको फिल्मले पहिलो दिन १ करोड १५ लाख कमाएको थियो । यसपछि धेरैले फिल्म फ्लप हुने अड्कल लगाएका थिए । 

तर, प्रदर्शनको दोस्रो सातामा आइपुग्दा फिल्मले बक्स अफिसमा चमत्कार गरेको छ । पहिलो हप्ता १२ करोड २५ लाख नेट कमाएको फिल्मले दोस्रो साताको चार दिनमै त्योभन्दा बढी कमाइ गरेको छ । शुक्रबारदेखि सोमबार (हिजो)सम्म फिल्मले १४ करोड ५० लाख कमाएको स्याकनिल्क पोर्टलमा उल्लेख छ । अब फिल्मको कुल व्यापार २६ करोड ७५ लाख नेट पुगेको छ ।

प्रदर्शनको पहिलो हप्ता जोखिममा देखिएको ‘मैं वापस आऊंगा’ अब बक्स अफिसमा लामो रेसको घोडा बन्ने तयारीमा देखिएको छ । फिल्मले दर्शकबाट पाएको बलियो ‘वर्ड अफ माउथ’ले बक्स अफिसमा राम्रो प्रभाव पारिरहेको छ । मंगलबार भारतमा टिकटको मूल्य केही सस्तो हुने भएकाले फिल्मले आज पनि ठूलो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

‘मैं वापस आऊंगा’ सन् १९७१ मा भारत-पाकिस्तान विभाजनसँग जोडिएको लभस्टोरी हो । फिल्ममा नसीरुद्दीन शाह, वेदांग रैना, दिलजित दोसान्झ, शर्वरी वाघ, बनीता सन्धू, रजित कपूर, मनीष चौधरी, अञ्जना सुखानीलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई भारतीय मिडियाले सुन्दर र भावनात्मक प्रेमकथा भन्दै ३ सम्म रेटिङ दिएका छन् । 

Most Visited News (monthly)