Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘महाराजधिराज’मार्फत ४ वर्षपछि अभिनयमा फर्किइन् पूजना

फिल्मीखबर, काठमाडौं, 2026/06/23

Poozana PG

 

अभिनेत्री पूजना प्रधान ‘स्त्री’ ४ वर्षपछि फिल्म अभिनयमा फर्किएकी छन् । परिच्छेद सेनको निर्देशनमा बनिरहेको फिल्म ‘महाराजधिराज’बाट उनले कमब्याक गरेकी हुन् । यसै साता फिल्ममा अनुबन्धित भएकी उनले सोमबारबाट छायांकन सुरु गरिसकेकी छन् । पछिल्लो पटक उनी सन् २०२२ मा प्रदर्शन भएको फिल्म ‘नालापानी’मा देखिएकी थिइन् । 

सन् २००४ मा प्रदर्शन भएको ‘कर्मको फल’बाट अभिनय यात्रा सुरु गरेकी पूजनाको कुनै बेला फिल्ममा राम्रो माग थियो । उनले अभिनय गरेका ‘पापी मान्छे’, ‘अभिमन्यू’, ‘आँधी तुफान’, ‘पापी मान्छे २’ जस्ता फिल्म व्यावसायिक रूपमा सफल छन् । सन् २०१५ मा आफ्नै लगानीमा फिल्म ‘चकलेट’ समेत बनाएकी उनी अहिले नेपाल चलचित्र कलाकार संघको उपाध्यक्ष छिन् ।

‘महाराजधिराज’को यतिबेला काठमाडौंका विभिन्न ठाउँमा छायांकन भइरहेको छ । सुनसरी जिल्लाको श्रीलंका टापुबाट सुरु भएको फिल्मको छायांकन सेड्युल ७० दिनको छ । छत्रेश्वर म्यानेजमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा निर्देशक सेन स्वयंको लेखन रहेको छ । फिल्मका प्रस्तुतकर्ता विराज विष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ बनाएका थिए ।

यसै वर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको यस फिल्ममा पूजनासहित रमेश उप्रेती, आर्यन सिग्देल, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, नीर शाह, विशाल पहाडी, उषा रजक, गजित विष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डिसी, सुशील सिटौलालगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । फिल्ममा रवि खड्का र टोपेन्द्र विष्ट निर्माताको रूपमा छन् । 

Most Visited News (monthly)