Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लाखे’को फर्स्टलुकमा मुखौटा लगाउने को हुन् ?

फिल्मीखबर, काठमाडौं, 2022/06/23
lakhey - movie
 
‘पासवर्ड’ फेम्ड निर्देशक सम्राट बस्नेतको निर्देशनमा तयार भएको मल्टीस्टारर फिल्म ‘लाखे’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरले फिल्मको थिम बोल्छ । पोस्टरमा फिल्मका चार पुरुष पात्रहरु डरलाग्दो ख्वापा (मुखौटा) लगाएर प्रस्तुत छन् भने पृष्ठभूमिमा अभिनेता अर्पण थापालाई देख्न सकिन्छ । पोस्टरले फिल्म सस्पेन्स-थ्रिलर कथामा निर्माण भएको बुझाउँछ ।
 
आगामी भदौ ३१ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा अर्पणसँगै सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, वर्षा राउत, सुशील सिटौला, रोहित रुम्बा, प्रशान्त ताम्रकार, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना, बाल कलाकार सिस्टम भण्डारीको अभिनय छ । गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको फिल्मको कथाकार तथा निर्माता सिजन अर्याल हुन् ।
 
ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । फिल्मको पटकथा तथा संवाद आकाश बरालले लेखेका हुन् । अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा दीपक बज्राचार्यको संगीत छ । ‘आरआर फिल्मस्’ (रोहित-रत्न)ले वितरण गर्ने ‘लाखे’ उत्कृष्ट बनेको निर्देशक सम्राटको दाबी छ ।  
Most Visited News (monthly)