Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

‘म’को सस्पेन्स टिजर सार्वजनिक

फिल्मीखबर, काठमाडौं, 2022/06/18
Sabin Shrestha
 
आगामी साउन २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘म’को टिजर सार्वजनिक भएको छ । टिजर सस्पेन्स र थ्रिलर शैलीमा तयार पारिएको छ । टिजर हेर्दा फिल्म केही फरक बनेको हुनसक्ने देखिन्छ । एक घटनासँग जोडिएका र अनुसन्धानमा जुटेका विभिन्न पात्रको कथालाई टिजरमा देखाइएको छ । ‘सुनगाभा’का निर्देशक सुवर्ण थापाले निर्देशन गरेकाले ‘म’प्रति अपेक्षा उच्च छ ।
 
फिल्म सम्बन्धि अध्यापन गराउने कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुति र कान्तिपुर सिनेमाज्को प्रोडक्सनमा तयार भएको फिल्ममा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का, गीत विष्ट, विमल पुरी, सुरज विष्ट, सुवास पौडेल, सुप्रज्ञा शर्मा, अजित रेग्मी, सम्राट क्षेत्री, जेम्स अधिकारी, विवेक कुँवर र अमोद भट्टको अभिनय छ । 
 
यो फिल्मबाट संजोग रसाइली र पुनम श्रेष्ठले अभिनयमा डेब्यू गरेका छन् । उनीहरु कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थी हुन् । प्रकाश पुरीको कथा तथा पटकथा रहेको फिल्ममा तेन्जीङ्ग पाल्देनको छायांकन र बनिष शाहको सम्पादन छ । कान्तिपुर फिल्म एकेडेमीका सिइओ समेत रहेका प्रकाश पुरी क्रियटिभ निर्माता रहेको यस फिल्मको निर्मातामा विमला हुमागाईं र पदम पुरी छन् ।
 
जीवन पराजुली मिडिया को-अर्डिनेटर, भरत रेग्मीको कलर, राकेश दाहालको ग्राफिक्स डिजाइन, साहिल खानको थ्रिएटिकल ट्रेलर, सुजन वली र सुरक्षा रेग्मी कस्टूम डिजाइन, करण सिंहको प्रोडक्सन डिजाइन, नोबल फ्रिक्सको ब्याकग्राउन्ड स्कोर, मुकेश शाहको साउन्ड डिजाइन रहेको फिल्मलाई डिजिटल सिनेमा नेपाल (डिसिएन) र एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।
 

Most Visited News (monthly)