Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फुर्पाले गल्ती स्वीकार गरेपछि मिरुनाले दिइन् माफी

फिल्मीखबर, काठमाडौं, 2022/05/31
miruna magar
 
अभिनेत्री मिरुना मगर र फुर्पा तामाङबीच मिलापत्र भएको छ । जेठ १५ गते सिभिल हलमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै मिरुनाले तामाङलाई सार्वजनिक स्थानमा थप्पड हानेर प्रहरीको जिम्मा लगाएकी थिइन् । दुई दिन हिरासतमा विताएपछि मंगलवार छुटेका फुर्पाले गल्ती स्वीकार गर्दै माफी मागेपछि मिरुनाले भाई सम्झेर माफी दिएको दुई पक्षबाट जारी मिलापत्रमा उल्लेख छ । 
 
मिरुना र फुर्पाले संयुक्त रुपमा हस्ताक्षर गरेको मिलापत्रमा भनिएको छ, ‘कबड्डी ४ : द फाइनल म्याच’को दर्शकसँग साक्षात्कार गर्ने क्रममा सिभिल मलको क्यूएफएक्स हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि अभद्र व्यवहार सम्बन्धि घटनामा मुगु घर स्थायी भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी मिरुना मगरसँग माफी मागेको र मिरुना मगरले पनि भाई सम्झेर माफी दिएकी छन् ।’
 
मिरुनाले कुनै जाती, धर्म, सम्प्रदायप्रति पुग्ने आशयले कुनै कार्य नगरेको भएपनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित भएको घटनाबाट सिंगो बौद्ध धर्मालम्बी, भिक्षु, लामा समुदायमा पर्न गएको असरप्रति क्षमा याचना पनि गरेको पत्रमा उल्लेख छ । मिरुना र फुर्पाले आगामी दिनमा यस विषयमा कुनै विवाद वा टिका-टिप्पणी नगर्ने भन्दै पत्रमा हस्ताक्षर गरेका छन् ।
 
miruna magar
 
मिरुनाले फुर्पालाई सार्वजनिक ठाउँमा हातपात गरेको भन्दै मंगलवार बौद्ध धर्मालम्बीहरुले चाबहिलमा मिरुना र ‘कबड्डी ४’विरुद्ध प्रदर्शन गरेका थिए । मिरुनाले फुर्पासँग माफी नमागे फिल्म चल्न नदिने उनीहरुको चेतावनी थियो । मंगलवार केही तामाङ युवाहरुले चलचित्र विकास बोर्डमा मिरुनाले माफी माग्नु पर्ने माग राख्दै ‘कबड्डी ४’को शो बन्द गर्न ध्यानकर्षण पत्र बुझाएका थिए ।
Most Visited News (monthly)