Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिरुना मगरमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका फुर्वा रिहा

फिल्मीखबर, काठमाडौं, 2022/05/31
गलत तरिकाले छोएपछि अभिनेत्री मिरुनाले एक ब्यक्तिलाई हानिन् थप्पड (भिडियो  सहित) | Butwal Dainik
 
अभिनेत्री मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा तामाङ धरौटीमा रिहा भएका छन् । चौतर्फी रुपमा दबाब सिर्जना भएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनलाई तीन हजार धरौटीमा छोड्ने आदेश दिएको हो । प्रशासनको आदेशमा बौद्ध भिक्षु तामाङलाई धरौटीमा रिहा गरिएको महानगरीय प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए । 
 
आइतवार फिल्म ‘कबड्डी ४’ हेरेर फर्किएका दर्शकहरुसँग काठमाडौंको सिभिल मलमा सेल्फी खिच्ने क्रममा बौद्ध भिक्षु तामाङले पिठ्यूमा गलत नियतले छोएको भन्दै मिरुनाले गालामा थप्पड हानेकी थिइन् । त्यहीँ तामाङले आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी समेत मागेका थिए । तर, पछि मिरुनाले तामाङलाई प्रहरीको जिम्मा लगाइन् । आइतवारदेखि उनी प्रहरी हिरासतमा थिए ।
 
मिरुनाले फुर्वालाई थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि बौद्ध धर्मालम्बीहरुले मंगलवार चाबहिलस्थित केएल टावरको अगाडि ‘कबड्डी ४’को पोस्टर जलाउँदै प्रदर्शन गरे । हलमा टाँगिएको फिल्मको पोस्टर समेत च्यातेका थिए । मिरुनाले सार्वजनिक रुपमा फुर्वासँग माफी माग्नुपर्ने माग गर्दै केही तामाङ युवाहरुले चलचित्र विकास बोर्डमा पनि प्रदर्शन गरेका छन् । 
Most Visited News (monthly)