Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिलनको ‘वर एन्ड वधु’ घोषणा, नेपाली र हिन्दी भाषामा बन्ने

फिल्मीखबर, काठमाडौं, 2022/05/25
milan chams
 
फिल्म बनाउने मेशिनको रुपमा चिनिएका मिलन चाम्सले निर्देशन गर्ने नयाँ फिल्म ‘वर एन्ड वधु’को औपचारिक निर्माण घोषणा गरिएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्मको घोषणासँगै सम्पूर्ण ‘कास्ट एन्ड क्रियू’को परिचय गराइयो । लभस्टोरी कथामा निर्माण हुने फिल्ममा अभिनेत्री आँचल शर्मा र नव-अभिनेता विवेक कर्मचार्यको जोडी बाँधिएको छ । 
 
aanchal sharma  and bebik
 
जेठ अन्तिमबाट छायांकन सुरु हुने फिल्ममा साम्राज्ञी आरएल शाह, विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, रविना केसी, सृष्टि खड्का लगायतको पनि अभिनय रहनेछ । फिल्ममा साम्राज्ञी गेस्ट रोलमा हुनेछिन् । रोमानिया, इटली, फ्रान्स र नेपालमा खिचिने फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । 
 
milan chams and aachal sharma
 
कार्यक्रममा निर्देशक चाम्सले आफूले यसअघि निर्देशन गरेका फिल्मभन्दा ‘वर एन्ड वधु’ फरक हुने दाबी गरे । विगत चार वर्ष अगाडिदेखि आँचल शर्मासँग फिल्ममा सहकार्य गर्ने इच्छा पूरा भएकोमा पनि उनले खुशी व्यक्त गरे । त्यस्तै, आँचलले निर्देशक चाम्ससँग पहिलो पटक सहकार्य गर्न पाएकोमा खुशी प्रकट गर्दै फिल्ममा दर्शकले आफूलाई अलग रुपमा देख्न पाउने बताइन् । 
 
 aachal sharma
 
यो फिल्मका लागि अभिनेत्री शर्माले १० केजी तौल घटाएकी छन् । फिल्मको चरित्रमा फिट हुनका लागि आफूले शरीरलाई फिट बनाएको उनको भनाई छ । उनको जोडीको रुपमा प्रस्तुत हुन लागेका विवेकले पनि फिल्मका लागि २ वर्षदेखि मेहेनत गरिरहेका छन् । अभिनेता सरोज खनालबाट अभिनय सिकेका उनले आँचलसँग फिल्ममा काम गर्नका लागि आफू उत्साहित रहेको बताए । 
 
 aachal sharma
 
नेपाली र हिन्दी भाषामा निर्माण हुने भनिएको फिल्ममा सुदीप बरालको छायांकन, अर्जुन जिसीको सम्पादन, हिमाल केसीको द्वन्द्व, अर्जुन पोखरेल र युग भुषालको संगीत, नरेश भट्टराई, मुक्त उदास र लेखु सहयात्रीको शब्द रचना, कविराज गहतराजको कोरियोग्राफी, राजेश पायल राई, दीपक लिम्बु, अन्जु पन्त, मेलिना राई, प्रविशा अधिकारी, प्रताप दासको गीतमा स्वर रहनेछ । 
Most Visited News (monthly)