Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘घनचक्कर’को ट्रेलर रिलिज, केटीका लागि सौगात र सलोनको लडाईं

फिल्मीखबर, काठमाडौं, 2022/05/24
saugat malla and salon basnet
 
चार वर्ष अगाडि जितेन्द्र राजोपाध्यायको निर्देशनमा तयार भएको फिल्म ‘घनचक्कर’को ट्रेलर सार्वजनिक भएको छ । आगामी असार १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा एक केटीका लागि दुई पुरुष पात्रबीचको घम्साघम्सी र पैसा कमाउन गलत काममा होमिने पात्रहरुको कथालाई देखाइएको छ ।
 
भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, जेवी डिसी, सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, जनक घर्तिमगर, दामोदर पौडल, ममता प्रधानलगायतको अभिनय छ । हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको फिल्ममा करुना अर्याल र संगम भट्ट निर्मातामा छन् ।
 
श्रीराम बालाजु फिल्मस्ले वितरण गर्ने फिल्ममा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह-निर्मातामा छन् । फिल्ममा सुशन प्रजापतिको छायांकन, अर्जुन सिंहको कथा, काजी लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको दृश्य सम्पादन रहेको छ ।
 
ट्रेलर रिलिज कार्यक्रममा अभिनेता सरोज खनालले पहिलो पटक सौगात मल्लसँग काम गर्ने अवसर पाएकाले आफ्नो लागि यो फिल्म विशेष रहेको बताए । उनले एउटा बाघको अर्को बाघसँग भेट भएको भन्दै खुशी व्यक्त गरे । सौगातले पनि आफू सरोज खनालको अभिनयबाट प्रभावित रहेको बताउँदै पहिलो पटक फिल्ममा एकसाथ काम गर्न पाउँदा खुशी महशुस भएको बताए । 
 

Most Visited News (monthly)