Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गायिका मेलिना राईले विवाह गर्दै

फिल्मीखबर, काठमाडौं, 2022/04/15
दर्जनौं नेपाली फिल्म तथा सयौं आधुनिक सुपरहिट गीतकी लोकप्रिय गायिका मेलिना राई वैवाहिक जीवनमा प्रवेश गर्ने भएकी छन् । प्रेमी सन्जीव बराईलीसँगको फोटो शेयर गर्दै राईले 'नयाँ शुरुवात' लेखेकी छन् ।
 
उनका प्रेमी बराईली चर्चित तथा व्यस्त गितारिष्ट तथा म्यूजिक कम्पोजर हुन् । झापा निवासी बराईलीसँग केहि समय पहिले नै इन्गेजमेन्ट भईसकेको भएतापनि शुक्रवार मात्र उनले सम्बन्ध सार्वजनिक गरेकी हुन् । बताईए अनुसार उनिहरु दुई बर्षयता प्रेमसम्बन्धमा थिए ।
 
उनिहरुले यसैबर्ष विवाह गर्ने तयारी गरेका छन् । 

Most Visited News (monthly)