Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकाको वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा ‘हल्कारा’ प्रिमियर हुने

फिल्मीखबर, काठमाडौं, 2022/04/15
विक्रम सापकोटा निर्देशित नेपाली फिल्म ‘हल्कारा’ अमेरिकाको वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा प्रिमियर हुने भएको छ । टेक्सासमा अप्रिल २० देखि २४ सम्म आयोजना हुने यो फेस्टिभलमा छनोट भएसँगै वर्ल्ड प्रिमियर हुने भएको छ ।
 
 
फिल्मका मुख्य पात्र महेश त्रिपाठीले फेसबुकमा पोस्टर शेयर गर्दै  २३ तारिखका दिन राति ९ बजे  प्रिमियर हुने जानकारी दिएका छन् । यो फिल्ममा महेशसहित बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्की लगायतका कलाकारको अभिनय रहेको छ । अभिनेता महेश अभिनित फिल्म 'चपली हाइट ३' हालै रिलीज भएको थियो ।
 
गाउँघरमा खबर पुर्‍याउँदै हिड्ने मानिसको कथामा रहेको फिल्म 'हल्कारा' विप्लप प्रतीक र आकाश बरालले लेखेका हुन् । कालीपार स्टुडियो र आइसफल प्रडक्सनको निर्माणमा बनेको फिल्मका निर्माता रामकृष्ण पोखरेल हुन् ।
 
Most Visited News (monthly)