Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म ‘कैदीको पत्र’का पोस्टरहरु रिलीज

फिल्मीखबर, काठमाडौं, 2022/04/14
सनमकुमार बैराग निर्देशित नेपाली फिल्म ‘कैदीको पत्र’ का पोस्टरहरु रिलीज भएका छन् । नयाँ बर्षको अवसरमा तीनवटा फरक–फरक डिजाइनका पोस्टरहरु रिलीज गरिएको हो । यो फिल्मको रिलीज मिति भने तय भएको छैन ।
 
साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ मा आधारित यो फिल्ममा पटकथा र संवाद निर्देशक बैरागकै रहेको छ । यो फिल्म स्कटल्याण्डको क्रिफ, आवरफेल्दी, केनमोर, ओवन, किलिड्ग, ग्लास्कोलगायतका स्थानमा खिचिएको छ । बेलायती कलाकार माडिशन लाजारोश, क्यारी डुड्स, लरेन्स वेस्टवरी, फस्तासका साथमा नेपाली कलाकारहरु सुवर्ण थापा, सलिना थापामगर, कुनाल बिश्व, पृथ्वीराज खत्री, चरण प्रधान, मनिष श्रेष्ठ, प्रसुना कँडेल, सुस्मिता थापा, बिभिया श्रेष्ठ, बिजया श्रेष्ठ, कलिना श्रेष्ठ तथा बालकलाकार किरण कार्की र तपस्या शिवाकोटीले अभिनय गरेका छन् । बेलायतका लागि तत्कालीन नेपाली राजदूत दुवसु क्षेत्री समेत राजदुतकै भूमिकामा छन् ।
 
 
पैँतिस प्रतिशत अंग्रेजी भाषा रहेको यो फिल्म माया, प्रेम, पारिवारिक सम्बन्ध लगायतका बिषयमा केन्द्रित रहेको निर्देशक बैरागले बताए । रामेश्वर कार्कीले छायांकन गरेको यो चलचित्रको निर्माता हिराल जोशी, नानी हेरा, कैलाश बिश्वकर्मा र दील घले हुन् ।
 
निर्देशक बैरागकै गीत, कबिराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वनद्व, बिनम्र कर्माचार्य र सुरेश सेन्चुरीको संगीत रहेको यो फिल्म भिजन संसारको प्रस्तुतिमा बिरञ्जना इन्टरटेन्मेन्ट, महारानी इन्टरटेन्मेन्ट युके र मुभी मेकर्स क्लवले निर्माण गरेको हो । चलचित्रको वितरण आरआर फिल्मस्ले गर्दैछ ।
Most Visited News (monthly)