Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राष्ट्रपतिद्वारा कलाकर्मीहरु बिभुषित

फिल्मीखबर, काठमाडौं, 2022/04/14
बिहिवार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संविधान दिवसको अवसरमा घोषणा भएका विभिन्न मानपदवीबाट नेपाली कला क्षेत्रमा योगदान पुऱ्याउने विभिन्न व्यक्तिहरु बिभुषित भएका छन् । 
 
 
राष्ट्रपति भण्डारीले विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेवापत मानपदवी प्राप्त गर्नेहरुलाई विभूषित गरेकी हुन् । हरेक बर्ष विभिन्न क्षेत्रमा रहेर राष्ट्रलाई सहयोग गर्ने व्यक्तित्वहरुले यस प्रकारको बिभुषण प्राप्त गर्ने गर्दछन् । बिभुषित हुनेहरुमा विगतमा झैं यसपटक पनि कलाकर्मीहरु पनि बिभुषित भएका हुन् । 
 
 
बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटालाई सुकिर्तिमय राष्ट्रदीपद्वारा विभूषित गरिएको छ । सुप्रबल जनसेवाश्रीबाट गीतकार कालीप्रसाद रिजाल र अभिनेत्री गौरी मल्ल विभूषित भएका छन् । प्रबल जनसेवाश्रीबाट लोक गायिका विष्णु माझी, गायक-गीतकार तथा संगीतकार कस्तुप पन्त, कलाकार तथा निर्माता नवल खड्का, कलाकार प्रकाश घिमिरे, कलाकार तथा निर्देशक रमेश बुढाथोकी, निर्देशक दीपाश्री निरौला, कलाकार हेमन्त बुढाथोकी, दोहोरी गायक चन्द्र प्रसाद शर्मा, दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, गायिका देविका प्रधान, अभिनेत्री केकी अधिकारी, नायक अनमोल केसी, गायक प्रकाश सपूत, गायक हेमन्त शर्मालाई जनसेवाश्री पदक, हाँस्य कलाकार कमल गाउँले, नृत्यकार महेश प्रकाश हाडा, गायक नविन कुमार पौड्याल, कलाकार सुजल बम, नृत्यकार तेरिया फौजा मगर, कलाकार शिव शंकर रिजाल, निर्माता राजकुमार राई, मैथिली कलाकार रन्जु झा लगायतलाई विभूषित गरिएको छ ।
 
Most Visited News (monthly)