Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पाँच बर्षको डेटपछि रणबीर-आलियाको विवाह

एजेन्सी, मुम्बई, 2022/04/14
पाँच बर्षको डेटपछि बलीउड कपल रणबीर कपूर र आलिया भट्टको विवाह धुमधामले भएको छ । बिहिवारदेखि आलिया भट्ट कपूर खानदानकी बुहारी बनेकी छन् । कुनै समय रणबीरलाई आफ्नो क्रश बताउने आलिया अब उनैकी पत्नी बनेकी छन् ।
 
रणबीर कपूर-आलिया भट्ट
 
उनिहरुको विवाह अत्यन्तै प्राईभेट राखिएको थियो । फ्यानहरुको मागका कारण केहि फोटोहरु भने सार्वजनिक भएका छन् । रणबीर कपूर-आलिया भट्टको १३ अप्रिलमा मेहन्दी भएको थियो । १४ अप्रिलमा भएको विवाह प्राइभेट राख्नको लागि निकै कोशिस भएको थियो ।
 
रणबीर कपूर-आलिया भट्ट
 
विवाहको मिति समेत गोप्य राखिएको थियो । विवाह त भयो अब वेडिंग रिसेप्सनको मिति कहिले खुलाईएको छैन ।
Most Visited News (monthly)