Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.25/5.00)
Text size:-
+
-

'ए मेरो हजुर ४' रिलीज, बिहानैदेखि हलमा दर्शकको चाप

फिल्मीखबर, काठमाडौं, 2022/04/14
झरना थापा निर्देशित नेपाली फिल्म 'ए मेरो हजुर ४' देशैभर एकसाथ रिलीज भएको छ । दक्षिण भारतिय फिल्म 'केजिएफ २'को जगजगीका बीच रिलीज यो चलचित्रले अपेक्षित शोहरु नपाएता पनि दर्शकको चाप भने उल्लेख्य देखिएको छ । नयाँ बर्ष २०७९ को अवसर पार्दै बिहिबार नै रिलीज यो फिल्मका  पहिलो दिनका बिहानी शोहरु लगभग सबै भरिएका छन् ।
 
 
बुधवार साँझ भव्य प्रिमियर भएको 'ए मेरो हजुर ४'ले प्रिमियर रिभ्यू राम्रो पाएको छ । नेपाली फिल्महरु 'विन्डो सेल' हुने भएका कारण अग्रिम बुकिङ् कम देखिएता पनि दर्शकहरु फिल्म हलका काउन्टरबाट टिकट लिईरहेका छन् । यो फिल्म सिंगल रिलीज भएको भए अहिलेको भन्दा बढि शो पाउने पक्का थियो तर विदेशी फिल्मप्रति दर्शकको क्रेजका कारण इनिसियल व्यापारमा केहि धक्का लाग्ने देखिएको छ । यद्यपी 'ए मेरो हजुर ४'को पनि अलग्गै क्रेज छ । जसका कारण यो फिल्मले उत्साहपुर्ण व्यापार गर्ने पक्का छ ।
 
‘ए मेरो हजुर ४’मा फिल्ममा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा छन् ।
Most Visited News (monthly)