Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

लारालाई इन्दिरा गान्धी बन्न लाग्थ्यो तीन घन्टा

एजेन्सी, मुम्बई, 2021/08/07
 
बलिउड अभिनेत्री लारा दत्ताले प्रदर्शनको पखाईमा रहेको फिल्म ‘बेलबटम’ मा भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निभाएकी छन् । उनले यो चरित्र निर्वाह गर्नु आफ्नो लागि एकदमै ठूलो चुनौती र जिम्मेवारी रहेको बताएकी छन् । फिल्ममा इन्दिरा गान्धी जस्तो देखिन उनले दिनहुँ तीन घन्टासम्म मेकअप गर्नुपर्थ्यो । उनी यो चरित्र निर्वाह गरेर आफू सन्तुष्ट रहेको बताउँछिन् ।
 
हालै सार्वजनिक फिल्मको ट्रेलरमा इन्दिरा गान्धीको भूमिकामा देखिएकी लारालाई चिन्न निकै मुश्किल हुन्छ । यो फिल्म १९८० को दशकको एक वास्तविकता घटनामा आधारित छ, जसमा भारतको खुफिया एजेन्सी ‘रअ’ का एक अधिकारी भारतीय विमानमा बन्धन बनेका २ सयभन्दा बढी मानिसलाई छुटाउन मिसनमा जान्छ । फिल्ममा ‘रअ’ अधिकारीको भूमिकामा अक्षय कुमार छन् । 
 
लाराले एक अन्तर्वार्तामा भनेकी छन्, ‘फिल्ममा मेरो लुकलाई सही राख्नु सर्वश्रेष्ठ काम थियो । यसको पूरा श्रेय विक्रम गायकवाड र उनको टिमलाई जान्छ । उनीहरुले निकै सानदार काम गरेका छन् । मेकअप गरेपछि जब म ऐनामा हेथेँ तब म आफैं हैरान हुन्थेँ ।’ उनका अनुसार, प्रोस्थेटिक र मेकअपलाई एकसाथ लगाउन करीब तीन घन्टा लाग्थ्यो भने त्यसलाई हटाउन एक घन्टा लाग्थ्यो । 
Most Visited News (monthly)