Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूजा र आकाशबीच कार किन्न प्रतिस्पर्धा !

फिल्मीखबर, काठमाडौं, 2021/08/07
नेपालमा कुनै कलाकारले गाडी किने भने सञ्चारमाध्यमले विशेष महत्त्व दिने गरेका छन् । तर, यसप्रति आपत्ति जनाउनेको भीड फिल्म क्षेत्रमा ठूलै छ । गत महिना अभिनेता पुष्प खड्काले ७० लाखको गाडी (क्रेटा) खरिद गरेको विषयमा प्रायः मिडियाले समाचार बनाउँदा एकथरी फिल्मकर्मीले ‘कहिँ नभएको जात्रा हाडी गाउँमा’ भन्दै फेसबुकमा आलोचनात्मक स्टाटस लेख्न भ्याए ।
 
यतिबेला अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माले गाडी खरिद गरेको विषय चर्चामा छ । बिहीवार आकाशले ७० लाख पर्ने हुन्डाईको क्रेटा गाडी घर भित्राए । आफ्नै कमाईले नयाँ गाडी किन्दा उनी खुसी नहुने कुरै भएन । गाडी किन्न जाँदा उनका साथी राजिव जंग बस्नेत साथमा थिए । तर, त्यो खुसीको पलमा उनलाई हरघडी साथ दिँदै आएकी अभिनेत्री पूजा शर्मा भने देखिइनन् ।
 
गोप्य स्रोतले दिएको जानकारी, आकाशले गाडी किन्न लागेको कुरा पूजालाई जानकारी नै दिएनन् । जब आकाशले गाडी किनेको फोटो पूजाले राजिवको फेसबुकमा देखिन्, तब उनले पनि तुरुन्तै निर्णय लिइन्, ‘म पनि के कम, भोली नै त्यही कम्पनीको गाडी किन्छु ।’ नभन्दै उनले शुक्रवार थापाथलीको शोरुमबाट आकाशले किनेकै कम्पनीको गाडी (क्रेटा) ७० लाख तिरेर खरिद गरिन् ।
 
 
आकाशले किनेको गाडी सेतो रंगको छ भने पूजाको गाडीको रंग चकलेटी छ । तर, दुवैले किनेको गाडी एउटै कम्पनी र एउटै मुल्यको हो । आकाशले किनेको २४ घन्टाभित्रै पूजाले पनि त्यही कम्पनीको गाडी किन्नुले उनीहरुबीच पानी बाराबारको सम्बन्ध रहेको भन्ने बजारको चर्चालाई मलजल पुगेको छ । निषेधाज्ञाअघिसम्म उनीहरु एकअर्काविना पसलमा चकलेट पनि किन्दैन थिए ।
 
गत वर्ष पूजा निकै कठिन अवस्थाबाट गुज्रनु परेको थियो । टेलिभिजन कार्यक्रम ‘रजटपट’ का प्रस्तोता प्रकाश सुवेदीले उनलाई लक्षित गरेर दिएको अभिव्यक्तिले उनी विक्षिप्त भएकी थिइन् । पूजाका अनुसार, ६ महिना उनले रोएरै विताइन् । त्यसबेला उनलाई साथ र हौसला दिने व्यक्ति आकाश थिए । तर, निषेधाज्ञामा ‘रजटपट’ टिमसँग मिलेर उनले राहत बाँडेपछि पूजा भित्रैदेखि टुटिन् ।
 
आफ्नो अपमान गरेको व्यक्तिसँग आकाशले हात मिलाएपछि पूजाले आफूहरुबीच व्यवसायिक सम्बन्ध मात्र स्थापित भएको रहेछ भन्दै एक अन्तर्वार्तामा दुखेसो पोखिन् । उनले अबका दिनमा आकाशसँग सहकार्य नहुने पनि बताएकी थिइन् । तर, त्यसको केही दिनमा यो जोडीले एकसाथ ‘धर्ती आकाश’ बोलको गीतमा अभिनय गर्‍यो । यसपछि फेरि उनीहरुबीच मिलन भएको चर्चा चल्यो ।
 
‘धर्ती आकाश’ बोलको गीतको छायांकन कोरोनाले गर्दा अधुरैमा रोकिएकाले उनीहरुले एकसाथ काम गरेका थिए । त्यसयता उनीहरुले म्यूजिक भिडियोबाट आएको अफर अस्वीकार गरेको स्रोत बताउँछ । अब दुवै एकअर्कासँग व्यवसायिक सहकार्य गर्ने सोचमा छैनन् । पूजा र आकाशको सम्बन्ध कुन हदसम्म विग्रिएको छ भन्ने कुरा उनीहरुबीच कार खरिद गर्न चलेको प्रतिस्पर्धाले पनि प्रस्ट्याएको छ ।
Most Visited News (monthly)