Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

मुकुन र नाजिरको ‘लभ सर्कल’ ट्रेलर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2021/08/06
 
कमेडी र सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘लभ सर्कल’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार ओएसआर डिजिटलको यूट्युब च्यानलमा सार्वजनिक भएको ट्रेलरमा प्रेम, रोमान्स, मित्रता, वियोग, धोका र कमेडीलाई प्रस्तुत गरिएको छ । कोरोनाले गर्दा सिनेमा हल अनिश्चितकालका लागि बन्द भएपछि यो फिल्मलाई निर्माण टिमले डिजिटल प्लेटफर्ममा रिलिज गर्दैछ ।
 
फिल्ममा मुकुन भुषाल, नाजिर हुसेन, पवित्रा आचार्य, रबिन्द्र झा, रिस्ता बस्नेत र सुमन कोइराला (दले दाई) मुख्य भूमिकामा छन् । ‘कमेडी च्याम्पियन’ को पहिलो सिजनमा दले दाईको भूमिकामा उत्कृष्ट प्रस्तुती दिएपछि चर्चामा आएका सुमनले यही फिल्मबाट अभिनयमा डेब्यू गर्दैछन् । यस फिल्ममा नाजिरको जोडी रिश्ता र मुकुनको जोडी पवित्रासँग बाँधिएको ट्रेलरबाट बुझ्न सकिन्छ ।
 
बसन्त निरौला निर्देशित यो फिल्म यही साउन २९ गते डिस होमको च्यानल नम्बर ५५५ मा प्रदर्शनमा प्रदर्शन हुँदैछ । मि टिभीको प्रस्तुतिमा ओम प्रकाश अग्रवाल र रोशन पौडेलको संयुक्त निर्माण रहेको ‘लभ सर्कल’ मा अंकित बाबु अधिकारीको संगीत, अभिमन्यु निरवीको लेखन, दिव्य सुवेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी र शाहिल खान/मिलन श्रेष्ठको सम्पादन छ ।
 
ट्रेलर हेर्नुहोस् :-
 

Most Visited News (monthly)