Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म छनौटमा चुजी भएकी हुन् मलिका ?

फिल्मीखबर, काठमाडौं, 2021/08/06
 
फिल्म ‘यात्रा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गर्नुभन्दा अगाडि मलिका महतले केही म्यूजिक भिडियोमा अभिनय गरिसकेकी थिइन् । तर, उनलाई फिल्म र म्यूजिक भिडियो दुवैले दर्शकमाझ चिनाउन सकेन । गत लकडाउनमा सार्वजनिक भएको ‘फूलबुट्टे साडी र टाढा भएपनि’ गीतले भने उनलाई लोकप्रियताको शिखरमा पुर्‍यायो । यतिबेला उनको म्यूजिक भिडियोमा सर्वाधिक माग छ ।
 
‘यात्रा’ पछि अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशित फिल्म ‘पानी फोटो’ मा अभिनय गरेकी मलिकाले त्यसपछि नयाँ फिल्म साइन गरेकी छैनन् । लकडाउनपछि अभिनय गरेका म्यूजिक भिडियोबाट ठूलो ‘नेम र फेम’ कमाएकी उनलाई यतिबेला फिल्म अफरको कमी छैन । गोपीकृष्ण मुभिजले उनलाई ‘पर्खि बसेँ २’ र विकासराज आचार्यले ‘नाईं नभन्नू ल ६’ को अफर गरेका छन् ।
 
तर, मलिकाले लकडाउनयता अफर आएका कुनै फिल्म साइन गरेकी छैनन् । न त फिल्म छनौट गर्न नै उनी हतारिएको देखिन्छ । म्यूजिक भिडियोमा व्यस्तता बढेपछि उनी फिल्म छनोटमा चुजी भएको कतिपयको टिप्पणी छ । तर, मलिकाले कोरोनाका कारण अफर आएको फिल्मको टिमसँग लगातार छलफल हुन नसकेकाले कागजी सम्झौताको प्रक्रिया अगाडि नबढेको बताएकी छन् ।
 
बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भनिन्, ‘फिल्म छनौटमा चुजी भएर साइन गर्न ढिला गरेको चाहिँ होइन । कोरोनाले गर्दा फिल्म छायांकनमा निस्कन सकेका छैनन् । अधुरै रोकिएका फिल्मको मात्र यतिबेला छायांकन भइरहेका होलान्, नयाँ फिल्मको भएको छैन । फिल्मबाट अफर त आइरहेको छ तर कोरोनाले गर्दा फिल्म साइन गर्ने वातावरण बन्न सकेको छैन ।’ 
Most Visited News (monthly)