Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

म्यूजिक भिडियोले फिल्मका प्राविधिकलाई बचाएको छ : मदनकृष्ण श्रेष्ठ

फिल्मीखबर, काठमाडौं, 2021/08/06
 
कोरोना महामारी सुरु भएदेखि फिल्म क्षेत्र सुनसान छ । गत वर्ष लकडाउनपछि करीब ९ महिना बन्द रहेको फिल्म क्षेत्र बीचमा केही समय खुल्यो । त्यसबेला केही फिल्म निर्माण र प्रदर्शन भए । तर, फिल्म क्षेत्रले गति समात्न नपाउँदै फेरि कोरोनाको दोस्रो महामारी सुरु भयो । त्यसपछि सरकारले संक्रमण फैलिन नदिन निषेधाज्ञाभन्दा आगावै फिल्म निर्माण र प्रदर्शनमा रोक लगायो । 
 
संक्रमण दर घटेको भन्दै काठमाडौं, भक्तपुर र ललितपुरका सिडिओहरुले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेपछि सार्वजनिक यातायातदेखि भीडभाड हुने विभिन्न क्षेत्र खुलिसकेका छन् । तर, फिल्म क्षेत्रका गतिविधि सुचारु गर्न दिनेबारे सरकारले कुनै निर्णय गरेको छैन । जसले गर्दा यस क्षेत्रमा आश्रित फिल्मकर्मीहरु अन्योल र चिन्तित छन् । कति फिल्म क्षेत्र छाडेर पलायन नै भइसके । 
 
फिल्मको छायांकन नहुँदा सबैभन्दा बढी मारमा प्राविधिकहरु छन् । न्यून पारिश्रमिकमा काम गर्ने उनीहरु महिनौंदेखि कामविहीन भएर बस्नुपर्दा आर्थिक समस्यासँग जुधिरहेका छन् । धन्न, यतिबेला म्यूजिक भिडियोको छायांकन भइरहेको छ र उनीहरुलाई हातमुख जोर्न उत्ति गाह्रो भएको छैन । अहिले फिल्मका कलाकारहरुलाई पनि म्यूजिक भिडियो आम्दानीको राम्रो स्रोत बनेको छ ।
 
कलाकार तथा फिल्म निर्माता मदनकृष्ण श्रेष्ठले कोरोनाका कारण फिल्म क्षेत्र ठप्प भएको समयमा म्यूजिक भिडियोले फिल्मका कलाकार र प्राविधिकलाई बचाएको बताए । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘कोरोनाले गर्दा फिल्म क्षेत्र धरासायी छ । तर, यो समयमा पनि म्यूजिक भिडियोले सिंगो फिल्म क्षेत्रको प्रतिनिधित्व गरेर प्राविधिकहरुलाई बचाएको छ ।’ 
Most Visited News (monthly)