Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आइरन म्यान’ का लागि टम क्रूज थिए पहिलो रोजाइ

एजेन्सी, अमेरिका, 2021/08/05
 
विश्वभरमा झैँ नेपालमा पनि मार्वलका फिल्म रुचाउने दर्शकको संख्या ठूलो छ । मार्वल फिल्मका सबै सुपरस्टार संसारभरमा लोकप्रिय छन् । मार्वल यूनिभर्सको सबैभन्दा लोकप्रिय सुपरहिरोजमध्ये एक हो- ‘आइरन म्यान’ । हलिउड स्टार रोबर्ट डाउनी जूनियरले यो चरित्रलाई यति जीवन्त ढंगले निर्वाह गरेका छन् कि आज दर्शकले उनलाई ‘आइरन म्यान’ कै रुपमा चिन्ने गर्दछन् । 
 
तर, के तपाईंहरुलाई रोबर्टभन्दा पहिला ‘आइरन म्यान’ को अफर कसलाई भएको थियो भन्ने थाहा छ ? रोबर्टभन्दा पहिला यो रोल हलिउड सुपरस्टार टम क्रूजलाई अफर भएको थियो । तर, भनिन्छ नी, ‘किस्मतमा लेखिएको कसैले बदल्न सक्दैन ।’ टमले कुनै कारणले फिल्ममा काम गर्न नभ्याएपछि मार्वल यूनिभर्सले रोबर्टलाई अप्रोच गरेको थियो । उनले भने सहर्ष फिल्म स्वीकार गरे ।
 
रिल लाइफको कुरा गर्ने हो भने फिल्म ‘एभेन्जर्स एन्ड गेम’ मा थानोस (जोश ब्रोलिन) सँग लड्ने समयमा ‘आइरन म्यान’ उर्फ रोबर्ट डाउनीको मृत्यु भएको थियो । तर, ‘आइरन म्यान’ मरे पनि उसले पूरै दुनियाँलाई बचाउँछ । फिल्ममा यो हिस्साको छायांकनपछि रोबर्ट डाउनीले खुसी भएर सेटमै फेयरवेल दिएका थिए । तर, यो कसैलाई थाहा छैन कि फेरि ‘आइरन म्यान’ फर्किनेछ वा छैन ।
Most Visited News (monthly)