Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मलिकालाई ‘नाईं नभन्नू ल ६’ को अफर

फिल्मीखबर, काठमाडौं, 2021/08/05
 
म्यूजिक भिडियो हुँदै फिल्ममा आएकी अभिनेत्री हुन्, मलिका महत । अभिनेता सलिनमान बनियाँसँग जोडी बाँधेर फिल्म ‘यात्रा’ बाट उनले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । तर, पहिलो फिल्मले नै फ्लप भयो । यद्यपि, उनको अभिनय र सुन्दरता भने दर्शकले रुचाए । यसपछि उनले खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानी फोटो’ मा काम गरिन्, जुन प्रदर्शनको पखाईमा छ ।
 
फिल्ममा काम गरेर पनि चर्चामा आउन नसकेकी मलिकालाई लकडाउनमा सार्वजनिक भएको ‘फूलबुट्टे साडी’ गीतले एकाएक लाइमलाइटमा ल्यायो । साथै, उनको जोडी पल शाहसँग दर्शकले निकै रुचाए । यसपछि उनले पुनः पलसँगै ‘टाढा भएपनि’ गीतमा अभिनय गरिन् । यो गीतले पनि उनको लोकप्रियता चुल्याउन मद्दत गर्‍यो । अहिले उनको म्यूजिक भिडियोमा ‘हाइ डिमान्ड’ छ ।
 
म्यूजिक भिडियोबाट दर्शकको ठूलो वर्गमा चिनिएकी मलिकाले लकडाउनयता प्रतिष्ठित ब्यानरबाट फिल्म अफर पाइरहेकी छन् । गोपीकृष्ण मुभिजले डेढ दशक अगाडिको सुपरहिट फिल्म ‘पर्खि बसेँ’ को सिक्वेलमा मुख्य नायिकाको प्रस्ताव उनैलाई गरेको छ । फिल्ममा उनको जोडी पल शाहसँग बाध्ने तयारीमा गोपीकृष्ण छ । तर, पल र मलिकाले यो फिल्म साइन भने गरिसकेका छैनन् । 
 
मलिकालाई सुपरहिट फिल्म ‘नाईं नभन्नू ल’ को छैठौं सिरिजबाट पनि मुख्य नायिकाको प्रस्ताव आएको छ । यो कुरा उनी स्वयंले खुलाएकी हुन् । बिहीवार आफू अभिनीत ‘तिम्रो माया’ गीतको सार्वजनिक कार्यक्रममा उनले ‘नाईं नभन्नू ल ६’ बाट अफर आएको भए पनि कागजी सम्झौता नभइसकेको बताइन् । आफू दुवै फिल्मको टिमसँग निरन्तर छलफलमा रहेको उनको भनाई छ । 
 
तस्विर : विवेक मरासिनी
Most Visited News (monthly)