Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ड्वेन जोनसनले अब ‘फास्ट एन्ड फ्यूरियस’ को कुनै सिरिज नगर्ने

एजेन्सी, अमेरिका, 2021/07/24
 
हलिउड सुपरस्टार ड्वेन जोनसन ‘द रक’ ले अब ‘फास्ट एन्ड फ्यूरियस’ फिल्मको कुनै सिरिजमा काम नगर्ने घोषणा गरेका छन् । सन् २०११ देखि उनी यो सिरिजको हिस्सा थिए । सन् २०१७ मा अभिनेता विन डिजलसँग झगडा भएपछि उनले यो फिल्मको सिरिजमा काम नगर्ने निर्णय गरेका हुन् । विनसँगको झगडाकै कारण ड्वेन जोनसनले ‘फास्ट एन्ड फ्युरियस ९’ मा काम गरेनन् । 
 
एक अन्तर्वार्तामा विनले ड्वेनलाई आफूले अभिनय सिकाएकाले राम्रो अभिनय गर्ने गरेको बताएका थिए । जसको जवाफ ड्वेनले आफ्नै अन्दाजमा दिएका छन् । उनले भनेका छन्, ‘यो सुन्दा म निकै हाँसेको थिएँ । मलाई लाग्छ कि सबैले यो कुरा सुनेर धेरै हाँसे होलान् । म यो कुरालाई यही छाड्न चाहन्छु ।’ उनले आफू विना हुने ‘फास्ट’ को नयाँ सिरिजका लागि शुभकामना दिएका छन् ।
 
ड्वेनले २०११, २०१३ र २०१५ को ‘फास्ट एन्ड फ्यूरियस’ मा अभिनय गरेका थिए । ल्यूक हब्सको चरित्रमा उनले दर्शकको मन जितेका थिए । अब उनले यो फिल्मको नयाँ सिरिजमा काम नगर्ने घोषणा गरेपछि दर्शक निराश भएका छन् । एक्सन भूमिकामा निकै रुचाइएका उनले ‘बेवाच, जुमान्जीस् वेलकम टु द जंगल, स्काइस्क्यापर, जर्नी २’ लगायतका फिल्ममा काम गरिसकेका छन् ।
Most Visited News (monthly)