Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पर्खी बसेँ २’ मा पल र मलिकाको जोडी !

फिल्मीखबर, काठमाडौं, 2021/07/23
 
म्यूजिक भिडियोको दुनियाँमा यतिबेला सर्वाधिक माग भएको जोडी हो, पल शाह र मलिका महत । ‘फूलबुट्टे सारी र टाढा भएपनि’ गीतको सफलतापछि उनीहरुलाई लिएर म्यूजिक भिडियो बनाउन निर्माताहरुबीच हानाथाप चलिरहेको छ । तर, म्यूजिक भिडियो निर्माण कम्पनी केन्द्र मोशन पिक्चरले उनीहरुसँग ६ महिना अरु म्यूजिक भिडियोमा काम गर्न नपाउने गरी सम्झौता गरेको छ । 
 
फिल्ममा पनि पल र मलिकाको जोडी बाँध्ने तयारीमा केन्द्र मोशन पिक्चर छ । जसको स्क्रिप्ट माओत्से गुरुङले लेखिरहेका छन् । निर्देशन पनि उनैले गर्ने बताइएको छ । जोडी हिट भएपछि फिल्ममा पल र मलिकामाथि लगानी गर्न अरु प्रोडक्सन हाउस पनि इच्छुक देखिएका छन् । त्यसमध्ये एक हो, गोपीकृष्ण मुभिज । जसले फिल्म ‘पर्खी बसेँ २’ को अफर उनीहरुलाई गरेको छ ।
 
निर्मात्री निकिता पौडेलले पल र मलिकासँग मौखिक सहमति भइसकेको बताइन् । उनले भनिन्, ‘उहाँहरु दुवैसँग मैले विभिन्न चरणमा कुराकानी गरेको थिएँ । उहाँहरुलाई फिल्मको स्क्रिप्ट र आफ्नो भूमिका मन परेको छ । केही दिनमै कागजी सम्झौता गर्ने तयारीमा छौं ।’ स्थिति सामान्य भएपछि छायांकन सुरु गरिने उनको भनाई छ । फिल्मलाई सौरभ चौधरीले निर्देशन गर्नेछन् । 
 
२०६५ सालमा निर्माण भएको दीपक श्रेष्ठ निर्देशित सुपरहिट फिल्म ‘पर्खी बसेँ’ मा राजबल्लभ कोइराला, निखिल उप्रेती र युना उप्रेतीको मुख्य भूमिका थियो । सिक्वेलमा भने एक नायक र दुई नायिका हुने जानकारी प्राप्त छ । म्यूजिक भिडियोमा पल र मलिकाको केमेस्ट्री अत्याधिक रुचाइएका कारण उनीहरुलाई एकसाथ ठूलो पर्दामा हेर्नका लागि दर्शकहरु निकै उत्साहित छन् ।
Most Visited News (monthly)