Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

साउथ अभिनेत्री नयनतारासँग रोमान्स गर्दै शाहरुख

एजेन्सी, मुम्बई, 2021/07/22
 
सन् २०१८ मा प्रदर्शन भएको फिल्म ‘जिरो’ पछि अभिनेता शाहरुख खान फिल्म ‘पठान’ बाट कमब्याक गर्ने तयारीमा छन् । यसका अलावा उनी सलमान खानको अभिनय रहने फिल्म ‘टाइगर ३’ मा पनि केमियो भूमिका निर्वाह गर्दैछन् । योसँगै उनको हातमा साउथ निर्देशक एटलीको फिल्म परेको छ । उनले फिल्ममा काम गर्ने पक्का भइसकेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
 
यो पेन इन्डिया फिल्मका लागि शाहरुखको अपोजिटमा साउथकी चर्चित अभिनेत्री नयनतारालाई साइन गरिएको छ । पिंकविलाको रिपोर्ट अनुसार, निर्देशक एटली र शाहरुख खानले लगातार नयनतारासँग कुराकानी गरिरहेका थिए । हालै उनीसँग निर्माण टिमले कागजी सम्झौता पूरा गरेको छ । फिल्ममा अरु पनि बलिउड र साउथका ठूला कलाकारलाई साइन गराउने तयारीमा निर्माण छ ।
 
फिल्ममा शाहरुखको दोहोरो भूमिका हुनेछ । नयनताराको भूमिकाको बारेमा भने निर्माण टिमले कुनै जानकारी दिएको छैन । फिल्मलाई शाहरुख खानको प्रोडक्सन हाउस रेड चिल्लीले निर्मााण गर्नेछ । फिल्मको लोकेशन, लुक टेस्ट, कास्टिङ जस्ता बाँकी चिजको तयारी सुरु भइसकेको छ । एटलीले यसअघि ‘मेर्सल, थलपथि ६३, थेरी’ जस्ता सफल फिल्मको निर्देशन गरिसकेका छन् ।
Most Visited News (monthly)