Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करणको ‘रक्की और रानी कि प्रेम कहानी’ मा रणवीर र आलिया

एजेन्सी, मुम्बई, 2021/07/06
 
बलिउड फिल्ममेकर करण जोहरले पाँच वर्षपछि निर्देशनमा पुनरागमन गर्ने भएका छन् । उनको निर्देशनमा बन्न लागेको नयाँ फिल्मको मंगलवार औपचारिक घोषणा गरिएको छ । उनको नयाँ फिल्मको नाम ‘रक्की और रानी कि प्रेम कहानी’ हो । फिल्ममा अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्ट मुख्य भूमिकामा हुनेछन् । यसअघि उनीहरुले ‘गुल्ली ब्वाई’ मा काम गरेका थिए ।
 
इशिता मोइत्रा, शशांक खेतान र सुमित रोयले फिल्मको स्क्रिप्ट तयार पारेका हुन् । फिल्मलाई २०२२ मा रिलिज गर्ने तयारी गरिएको छ । फिल्मको घोषणा गर्दै करणले सोसल मिडियामा लेखेका छन्, ‘आफ्ना मनपर्ने व्यक्तिलाई सामुन्ने राखेर क्यामेराको पछाडि गएर काम गर्न निकै उत्साहित छु ।’ टाइटलबाटै फिल्म रणवीर र आलियाको प्रेम कथामा आधारित हुने बुझ्न सकिन्छ ।
 
करण बलिउडका सफल निर्देशकमध्ये एक हुन् । फिल्म ‘कुछ कुछ होता हे’ बाट निर्देशनमा डेब्यू गरेका उनले त्यसयता ‘कभी खुशी कभी गम, कभी अलविदा ना कहना, माय नेम इज खान, स्टूडेन्ट अफ द ईयर’ जस्ता कयौं फिल्मको निर्देशन गरे । पछिल्लो पटक उनले फिल्म ‘ए दिल है मुश्किल’ को निर्देशन गरेका थिए । विशेषगरी उनी पारिवारिक फिल्म बनाउन माहिर मानिन्छन् ।
Most Visited News (monthly)