Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

अमेरिकामा सुहानाको बोल्ड अवतार

फिल्मीखबर, काठमाडौं, 2021/07/06
 
अभिनेत्री सुहाना थापा फिल्ममा आउनुभन्दा अगाडि अमेरिकामै बसेर अध्ययन गर्दै आइरहेकी थिइन् । उनी सानै उमेरदेखि त्यहाँ बसेर पढ्न थालेकी हुन् । फिल्म ‘ए मेरो हजुर ३’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेपछि भने उनको नेपाल र अमेरिका आउजाउ बाक्लै रुपमा हुने गरेको छ । अमेरिकाको नोभा कलेजबाट अहिले उनले मनोविज्ञान (फिजियोलोजी) मा स्नातक गरिरहेकी छन् । 
 
गत वर्ष कोरोना महामारी फैलिनुभन्दा अगाडि उनी फिल्म ‘ए मेरो हजुर ४’ को छायांकनका लागि नेपाल आएकी थिइन् । तर, कोरोनाका कारण लकडाउन भएपछि फिल्मको छायांकन अधुरैमा रोकियो । यसपछि उनी महामारीकै बीचमा अध्ययनका लागि अमेरिका उडिन् । गत फागुनमा फिल्मको बाँकी छायांकनका लागि नेपाल आएकी उनी अहिले माता-पितासँग अमेरिकामा छिन् ।
 
कोरोनाको दोस्रो चरणको महामारी फैलिन नदिन सरकारले अन्तर्राष्ट्रिय उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेपछि थापा परिवार हतारमा अमेरिका प्रस्थान गरेको थियो । फिल्मको सम्पूर्ण छायांकन सकिएकाले अब उनीहरु अन्तर्राष्ट्रिय उडान खुल्ला भएपछि मात्र नेपाल फर्किने तयारीमा छन् । अहिले सुहाना माता-पितासँग अमेरिकामा ‘क्वालिटी टाइम’ विताइरहेकी छन् । 
 
मंगलवार झरना थापाले आफ्नो फेसबुकमा छोरीको घुमघामका तस्विर शेयर गरेकी छन्, जसमा सुहाना बोल्ड अवतारमा देखिएकी छन् । डेब्यू फिल्मबाटै स्टारको रुपमा उदाएकी उनी ‘ए मेरो हजुर ४’ को रिलिजको पखाईमा छिन् । भदौ १८ गतेलाई फिल्मको रिलिज मिति घोषणा गरिए पनि कोरोनाका कारण यो सम्भव हुने देखिन्न । किनकि, फिल्मको टेबुलको काम नै सकिएको छैन । 
Most Visited News (monthly)