Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बैंकिङ कसुर मुद्दामा निर्देशक शिशिर राणा पक्राउ

फिल्मीखबर, काठमाण्डौ, 2021/07/05
 
फिल्म निर्देशक तथा कलाकार शिशिर राणालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुरको मुद्दामा उनलाई सीआईबीको टोलीले सोमवार बिजुली बजारबाट पक्राउ गरेको हो । सीआईबीका अनुसार, राणाले ललितपुरका एक व्यक्तिबाट ४५ लाख ऋण लिएका थिए । तर, भुक्तानी गर्दा रकम पर्याप्त नभएको नबिल बैंकको चेक दिएपछि उनीविरुद्ध बैंकिङ कसुरको उजुरी परेको थियो ।
 
सोही उजुरीका आधारमा उच्च अदालत पाटनले २६ माघ २०७७ मा ४५ लाख जरिवाना र १० दिन कैद सजायको फैसला गरेको थियो ।  प्रहरीले राणालाई पक्राउ गरेर फैसला कार्यन्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको छ । बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम अदालतले सजायको फैसला सुनाएको थियो ।
 
शिशिर राणा दुई दशकदेखि फिल्म क्षेत्रमा सक्रिय छन् । ‘तिमीसँग र पोई पर्‍यो काले’ गरी दुई फिल्मको निर्देशन गरिसकेका उनले ‘अन्दाज, वडा नम्बर छ, क्लासिक, वीर विक्रम, कायरा, रामकहानी’ लगायत दर्जनौं फिल्ममा अभिनय गरेका छन् । ‘माला’ नामक फिल्मको निर्माण समेत गरेका उनी लकडाउन अगाडि अभिनेता दिक्पाल कार्कीलाई लिएर नयाँ फिल्म बनाउने तयारीमा थिए ।
 
Most Visited News (monthly)