Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुपुष्पा भट्टले गरिन् प्रेमी रौनकसँग बिहे

फिल्मीखबर, काठमाडौं, 2021/07/02
 
अभिनेत्री सुपुष्पा भट्टले प्रेमी रौनक विक्रम कँडेलसँग विवाह गरेकी छन् । शुक्रवार राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा अग्नीलाई साक्षी राखेर उनीहरुले एकसाथ जीवन विताउने प्रण गरेका हुन् । विवाह समारोहमा दुवै पक्षका सीमित व्यक्तिको उपस्थिति रहेको थियो भने उनीहरु निकट केही फिल्मकर्मी पनि सहभागी थिए । सुपुष्पा र रौनकको बैशाख १५ गते इन्गेजमेन्ट भएको थियो ।
 
यो जोडीले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको हो । रौनक नेपाली फिल्मका निर्माता पनि हुन् । उनले ‘कबड्डी, मिस्टर झोले’ लगायतका फिल्म निर्माण गरेका छन् । सुपुष्पाले भने ‘रणवीर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यो फिल्म बक्सअफिसमा असफल भए पनि उनको अभिनय रुचाइएको थियो । यसपछि उनले ‘छ माया छपक्कै’ मा काम गरिन् ।
 
कोरोना महामारीभन्दा अगाडि सुपुष्पाले फिल्म ‘चपली हाइट ३’ को छायांकन सकाएकी थिइन् । तर, कोरोनाका कारण फिल्म प्रदर्शनमा आउन सकेको छैन । अहिले उनको नेपाली फिल्ममा राम्रो माग छ । रौनक भने पछिल्लो समय फिल्म निर्माणभन्दा आफ्नो अन्य व्यवसायमा व्यस्त छन् । नव-विवाहित जोडीलाई सामाजिक सञ्जालमा शुभकामना दिनेको ओइरो लागेको छ ।
Most Visited News (monthly)