Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

कमेडीले भरिएको शिल्पा र परेशको ‘हंगामा २’ ट्रेलर

एजेन्सी, मुम्बई, 2021/07/01
 
निर्देशक प्रियदर्शनको कमेडी फिल्म ‘हंगामा २’ को कमेडीले भरिएको ट्रेलर सार्वजनिक भएको छ । १८ वर्षपछि सिक्वेल निर्माण भएको फिल्ममा एकपटक फेरि राधेश्‍याम तिवारीको भूमिकामा परेश रावल छन् भने उनको श्रीमतीको भूमिकामा शिल्पा शेट्टी देखिँदैछिन् । दर्शकलाई फिल्मको ट्रेलर निकै मन परेको छ । २३ जुलाई २०२१ मा डिज्नी प्लस हटस्टारमा फिल्म रिलिज हुँदैछ ।
 
ट्रेलर हेर्दा पुरानो कहानीलाई नयाँ स्वरुपमा ढालिएको महशुस हुन्छ । तिवारी उर्फ परेश रावललाई शंका हुन्छ कि आफ्नी श्रीमती श‍िल्‍पा र मिजान जाफरीबीच केही चक्कर चलेको छ । जसका कारण उनको भोक-निन्द्रा उडेको छ । उता, प्रनिता सुभाषले आफ्नो गर्भमा रहेको बच्चाको पिता मिजान रहेको आरोप लगाएकी छन् । ट्रेलरले दर्शकमा फिल्मप्रति उत्सुकता बढाउने देखिन्छ ।
 
फिल्ममा आशुतोष राणा, मनोज जोशी, राजपाल यादव, जोनी लीवर, टीकू तल लगायतको पनि अभिनय रहेको छ । २००३ मा रिलिज भएको ‘हंगामा’ मा भने परेशका अलावा शोमा आनन्द, अक्षय खन्ना, आफताब शिवदासानी र रिमी सेन मुख्य भूमिकामा थिए । कोरोनाका कारण बन्द रहेका सिनेमा हल खुल्ने निश्चित नभएपछि ‘हंगामा २’ ओटीटी प्लेटफर्ममा रिलिज हुन लागेको हो ।
 
ट्रेलर हेर्नुहोस् :-
 

Most Visited News (monthly)