Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आशिकी ३’ मा सुनील शेट्टीका छोरा अहान

एजेन्सी, मुम्बई, 2021/06/30
 
अभिनेता सुनील शेट्टीका छोरा अहान फिल्म ‘तडप’ बाट बलिउडमा डेब्यू गर्ने तयारीमा छन् । यसमा उनको अपोजिटमा अभिनेत्री तारा सुतारिया छिन् । फिल्मको छायांकन पूरा भइसकेको छ भने स्थिति सामान्य भएर सिनेमा हल खुलेपछि प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । अहान डेब्यू फिल्मलाई लिएर निकै उत्साहित छन् । फिल्मको फस्टलुक पोस्टर सार्वजनिक भइसकेको छ ।
 
अहानलाई डेब्यू फिल्म रिलिज नहुँदै बलिउडका ठूला ब्यानरबाट फिल्मको अफर आउन थालेको छ । यसैक्रममा उनलाई महेश भट्ट प्रोडक्सनको चर्चित फ्रेन्चाइज ‘आशिकी’ को तेस्रो पार्टबाट अफर मिलेको छ । उनले फिल्म साइन पनि गरिसकेका छन् । ‘तडप’ जस्तो एक्सन फिल्ममा काम गरेपछि उनले आफूलाई इमोसनल र रोमान्टिक थिममा सावित गर्न चाहेको बताइएको छ ।
 
स्रोतको भनाई उद्धत गर्दै इन्डियन टाइम्सले लेखेको छ, ‘अहानलाई ‘आशिकी ३’ बाट एउटा राम्रो मौका मिल्नेछ र उनी यो कुरा प्रमाणित गर्न चाहन्छन् कि उनी अलग-अलग जनराको फिल्ममा काम गर्न सक्नेछन् ।’ फिल्मलाई मोहित सुरीले निर्देशन गर्नेछन् । ‘आशिकी’ को दुवै सिरिज सफल भएको थियो । विशेषगरी यो फ्रेन्चाइजका गीतसंगीतलाई दर्शकले निकै मन पराएका छन् । 
Most Visited News (monthly)