Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फुर्सदै फुर्सद छ तर राजेश र करिश्मासँग बोलचालसम्म हुँदैन : सरोज खनाल

फिल्मीखबर, काठमाडौं, 2021/06/26
 
नेपाली फिल्मका एउटा युग हाँक्ने कलाकार हुन्, राजेश हमाल, सरोज खनाल र करिश्मा मानन्धर । जति बेला नेपाली फिल्ममा भविष्य खोज्नु मुर्खता मानिन्थ्यो, त्यसबेला उनीहरुले फिल्ममै आफूलाई समर्पित गरे । नेपाली फिल्म यो अवस्थासम्म आइपुग्नमा उनीहरुको त्याग, समर्पण र मेहनतको ठूलो योगदान छ । यसैले त यी तीन सुपरस्टारलाई नेपाली फिल्मको पिल्लर मानिन्छ । 
 
राजेश, सरोज र करिश्माले केही फिल्ममा एकसाथ काम पनि गरेका छन् । उनीहरुबीच व्यक्तिगत रुपमा पनि निकै राम्रो सम्बन्ध छ । करिअरको उत्कर्षमा रहँदा व्यस्तताका बावजूद पनि उनीहरु समय निकालेर भेटिरहन्थे । तर, केही वर्षदेखि भेटभाट त टाढाको कुरा उनीहरुबीच राम्रोसँग बोलचाल समेत हुन छाडेको छ । यो कुरा सरोज खनाल स्वयंले फेसबुकमार्फत् खुलाएका हुन् ।
 
उनले फेसबुकमा राजेश र करिश्मासँगको एक पुरानो तस्विर शेयर गर्दै लेखेका छन्, ‘कुनै बेला हामी तीन महानायक राजेश हमाल जी, महानायिका करिश्मा मानन्धर जी र म चलचित्रको छायांकनमा व्यस्तताको बावजूद बेलाबखत समय निकालेर भेटघाट गर्थ्यौं, भलाकुसारी गर्थ्यौं । तर आजको दिन फुर्सदै फुर्सद छ र पनि वर्षौं वर्ष हाम्रो भेटघाट त परै जाओस् बोलचालसम्म हुँदैन ।’
 
आफूहरुबीचको बोलचाल र भेटघाट अरुले जस्तै फेसबुकमा शेयर गरेका फोटोमा लाइक र कमेन्ट गर्दैमा सीमित भएको उल्लेख गर्दै उनले यस्तो किन हुन्छ ? भनेर प्रश्न गरेका छन् । उनको स्टाटसमा करिश्माले कमेन्ट गर्दै ‘सही कुरा’ भनेकी छन् । राजेश हमालले भने कुनै प्रतिक्रिया जनाएका छैनन् । धेरैले सामाजिक सञ्जालका कारण प्रगाढ सम्बन्धहरु टाढिँदै गएको बताएका छन् । 
 

Most Visited News (monthly)