Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिनेत्री सन्ध्या केसीले गरिन् बिहे

फिल्मीखबर, काठमाडौं, 2021/06/25
 
अभिनेत्री सन्ध्या केसी बैबाहिक जीवनमा बाँधिएकी छन् । उनले शुक्रवार प्रेमी आभूषण ज्योति कंसाकारसँग कानुनी रुपमा विवाह गरेकी हुन् । सामाजिक सञ्जालमा श्रीमानसँगका केही रोमान्टिक तस्विर शेयर गर्दै उनले विवाह गरेको जानकारी दिएकी हुन् । उनले स्थिति सामान्य भएपछि धार्मिक रुपमा विवाह गर्ने बताएकी छन् । आभूषणसँग उनी करीब २ वर्षदेखि अफेयरमा थिइन् ।
 
सन्ध्याले फेसबुकमा लेखेकी छन्, ‘हामीले विवाहित जोडीको रुपमा एक सुन्दर यात्रा सुरु गर्न हात मिलाएका छौं । म आभूषणसँग विवाहको खबर सार्वजनिक गर्दा रोमाञ्चित महसुस गर्दैछु । धार्मिक रुपमा हामी एक हुन बाँकी छ, जुन हामी स्थिति सहज भएपछि गर्नेछौं । त्यतिन्जेल तपाईंहरूको स्नेह र आर्शिवाद चाहन्छौं । आजदेखि हामी एक्लै हिँड्ने छैनौं । हाम्रो हृदय हाम्रो आश्रय हुनेछ ।’
 
भिजेको रुपमा करिअर सुरु गरेकी सन्ध्याको डेब्यू फिल्म ‘ड्रिम्स’ हो । यसमा उनी सहायक अभिनेत्रीको रुपमा थिइन् । उनले ‘कमलेको बिहे, पण्डित बाजेको लौरी, कथा काठमाण्डू’ लगायतका फिल्ममा पनि अभिनय गरिसकेकी छन् । ‘कमलेको बिहे’ भने निर्माण सकिएको वर्षौं भइसके पनि प्रदर्शनमा आउन सकेको छैन । उनले केही म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छन् ।
 

Most Visited News (monthly)