Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

श्रुति हासनलाई आर्थिक संकट

एजेन्सी, मुम्बई, 2021/05/13
 
भारतमा यतिबेला कोरोना भाइरसको दोस्रो लहरले भयावह रुप लिएको छ । संक्रमण नियन्त्रणभन्दा बाहिर जान थालेपछि आवश्यकता अनुसार विभिन्न राज्यमा लकडाउन गरिएको छ । यस्तो अवस्थामा फिल्ममा आश्रित व्यक्तिहरुले पनि आर्थिक समस्या झेल्नु परेको छ । साउथ अभिनेत्री श्रुति हासनले कोरोनाका कारण आफ्नो आर्थिक अवस्था खराब हुँदै गएको बताएकी छन् । 
 
लकडाउन र कोरोनाले आफ्नो जिन्दगीमा पारेको असरबारे उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘अहिले मलाई पैसाको आवश्यकता छ । म घरमै बसेर कोरोना अन्त्य भएर काममा फर्किने दिनको प्रतिक्षामा छु । म झुट बोल्दिनँ । हामीलाई पनि काममा फर्किनु पर्छ किनकि अन्य मानिस झैँ हामीलाई पनि पैसाको आवश्यकता पर्छ । तर, कोरोनाले काम गर्ने वातावरण छैन ।’ 
 
श्रुति, साउथ फिल्मका सुपरस्टार कमल हासनकी छोरी हुन् । आर्थिक रुपमा परिवारबाट सहयोगको बारेमा उनी भन्छिन्, ‘मेरो परिवारमा सबै अलग-अलग कमाई गर्ने गर्दछन् तर हाम्रो कयौं उधारो पनि हुन्छ, जसको भुक्तानी आफैंले गर्नुपर्ने हुन्छ । यसका लागि मलाई काममै फर्किनु पर्ने हुन्छ ।’ उनले हालै किनेको घरको किस्ता तिर्ने समेत आफूसँग पैसा नभएको बताएकी छन् ।
Most Visited News (monthly)