Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

सेन्सर गरेर मात्र नेपालमा ‘राधे’ रिलिज गर्न मन्त्रालयको निर्देशन

फिल्मीखबर, काठमाडौं, 2021/05/13
 
बिहीवारबाट भारतसँगै संसारका ४० बढी देशमा सिनेमा हल र ओटीटी प्लेटफर्ममा एकसाथ रिलिज भएको सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘राधे’ लाई नेपालमा सेन्सर गरेर मात्र रिलिज गर्न सञ्चार मन्त्रालयले निर्देशन दिएको छ । सेन्सर विनै नेपालका केबल टिभी र ओटीटीमा फिल्म रिलिज हुन लागेको खबर सार्वजनिक भएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
 
मन्त्रालयको निर्देशनपछि सेन्सर नहुँदासम्म फिल्मको नेपाल रिलिज रोकिएको छ । यो फिल्मको नेपाल प्रदर्शन अधिकार गोपिकृष्ण मूभिजअन्तर्गतको ए-एठ् कम्पनीले खरिद गरेको हो । नेपालका सिनेमा हलमा फिल्म प्रदर्शन गर्न अनिवार्य रुपमा सेन्सर गर्नुपर्ने हुन्छ । तर, डिजिटल प्लेटफर्म सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता हुने भएकाले यसको नियमन पनि मन्त्रालयले नै गर्छ । 
 
सेन्सर नगरी फिल्म रिलिज गरे कानुनी कारवाही गरिने मन्त्रालयले जनाएको छ । चलचित्र विकास बोर्डले आगामी आर्थिक ऐनमा ओटीटी प्लेटफर्मलाई पनि फिल्म सेन्सर र करको दायरामा ल्याउन अर्थ मन्त्रालयलाई सिफारिस गरेको छ । हिन्दी फिल्मबाट बोर्डले १५ प्रतिशत विकास शुल्क उठाउँदै आएको भए पनि ओटीटीमा रिलिज हुने हिन्दी फिल्मबाट यो रकम उठ्न सकेको छैन ।
 
प्रभु देवा निर्देशित फिल्म ‘राधे’ लाई नेपाली दर्शकले ‘पे फर भ्यू’ मार्फत् डिसहोम, नेट टिभी, सुविस, म्याक्स टिभी लगायतका च्यानलमा हेर्न पाउनेछन् । फिल्म हेर्न नेट टिभीमा २ सय ९९ रुपैयाँ तिर्नुपर्नेछ भने डिसहोम र सुविसुले २ सय ९९ देखि ३ सय २५ सम्म शुल्क राखेका छन् । बुधवार सलमानले एक भिडियो सन्देशमार्फत् नेपाली दर्शकलाई फिल्म हेर्न आग्रह समेत गरेका छन् ।
Most Visited News (monthly)