Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

दर्शकको खुसीका लागि घाटा बेहोर्न तयार छौं : सलमान खान

एजेन्सी, मुम्बई, 2021/05/12
 
कोरोनाको दोस्रो लहरले भारतीय फिल्म इन्डस्ट्रीलाई निकै ठूलो नोकसान भएको छ । सिनेमा हल बन्द भएपछि फिल्म इन्डस्ट्रीका लागि डिजिटल प्लेटफर्म आशाको किरण बनेको छ । तर, एउटा वास्तविकता के हो भने सिनेमा हल जति डिजिटल प्लेटफर्ममा फिल्मले कमाई गर्दैन । कोरोना कहरपछि सिनेमा हलका लागि निर्माण भएका कयौं फिल्म ओटीटी प्लेटफर्ममा रिलिज भए । 
 
बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘राधे : योर मोस्‍ट वान्‍टेड भाई’ पनि यही बिहीवारबाट ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ । यो फिल्मका सलमान निर्माता पनि हुन् । उनी भन्छन्, ‘मल्टीप्लेक्स र सिंगल दुवैमा रिलिज हुन योग्य फिल्म हो ‘राधे’ । हामीले फिल्म बनाएका नै यसैका लागि हो ।’ यो फिल्म ओटीटी प्लेटफर्मसँगै सिनेमा हलमा पनि एकसाथ रिलिज हुँदैछ । 
 
सलमानले अगाडि भनेका छन्, ‘हामीले जुन प्रतिबद्धता जनाएका थियौं, त्यो पूरा गर्दैछौं । हामी हरेक पटक दुई/तीन सय करोडको व्यापार गर्थ्यौं, त्यो यसपटक हुँदैन । तर, यो मुश्किल घडीमा हामीले दर्शकलाई मनोरन्जन दिन सफल हुनेछौं भन्नेमा विश्वस्त छु । दर्शकको खुसीका लागि हामी घाटा बेहोर्न तयार छौं ।’ दर्शकले सिनेमा हलमाभन्दा कम खर्चमा फिल्म हेर्न पाउने उनले बताए ।
 
ओटीटी प्लेटफर्म जी फाइभले फिल्मको रिलिज अधिकार १ सय ९० करोडमा खरिद गरेको बलिउड हंगामाले जनाएको छ । २ सय करोडमा निर्माण भएको फिल्म ४० भन्दा बढी देशमा प्रदर्शन हुँदैछ । भारतमा भने सय वटा सिनेमा हलमा रिलिज हुने बताइएको छ । ओटीटीमा यो फिल्म हेर्न भारतीय दर्शकले २ सय ४९ रुपैंया तिर्नुपर्नेछ । प्रभु देवाले फिल्मको निर्देशन गरेका हुन् ।
Most Visited News (monthly)