Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भारतमा ‘राज्जा रानी’ लाई अन्तर्राष्ट्रिय अवार्ड

फिल्मीखबर, काठमाण्डौ, 2021/03/08
 
मधेशमा व्याप्त दाइजो प्रथाको कथामा आधारित भएर निर्माण भएको मैथिली फिल्म ‘राज्जा रानी’ ले साइनसिने फिल्म फेस्टिभलमा महत्त्वपूर्ण दुई विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । भारत, बिहारको मुजफरपुरमा मार्च ५ देखि ७ सम्म भएको फेस्टिभलको अन्तिम दिन फिल्मलाई उत्कृष्ट रिजनल फिचर फिल्म र उत्कृष्ट खलपात्रको विधामा अवार्ड प्रदान गरिएको हो । 
 
तीन दिवसिय साइनसिने फिल्म फेस्टिभलको अन्तिम दिन आयोजित अवार्ड वितरण समारोहमा बलिउड तथा भोजपुरी गायिका स्नेह उपाध्यायले मैथिली भाषामा निर्मित फिल्म ‘राज्जा रानी’ का निर्माता राज कुमार महतोलाई अवार्ड हस्तान्तरण गरेकी हुन् । उक्त फेस्टिभलमा २३ देशका दुई सय फिल्म दर्ता भएका थिए, जसमध्ये ८२ वटा फिल्मले मात्र आधिकारिक प्रवेश पाएका थिए । 
 
‘राज्जा रानी’ ले दुई विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेपछि निर्माता महतोले खुसी व्यक्त गरेका छन् । नेपाली र मैथिली भाषामा निर्माण भएको फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् । केकी अधिकारी, नाजिर हुसेन, कामेश्वर चौरसिया, स्वर्गीय दीपक क्षेत्रीको मुख्य भूमिका रहेको फिल्ममा अभिनेत्री रेखा थापाको पनि केमियो छ । यो फिल्म यूट्युब सार्वजनिक भइसकेको छ । 
Most Visited News (monthly)