Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.75/5.00)
Text size:-
+
-

भदौ १८ मा अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’

फिल्मीखबर, काठमाडौं, 2021/03/08
 
अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनीत फिल्म ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति घोषणा गरिएको छ । यही फागुन २७ गतेबाट बाँकी छायांकन सुरु गर्न लागेको निर्माण टिमले सोमवार एक पोस्टर सार्वजनिक गर्दै आउँदो भदौ १८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । महिलाहरुको महान पर्व हरितालिका तीजको छेकोमा फिल्म प्रदर्शनमा आउन लागेको हो । 
 
प्रदर्शन मितिसहित सार्वजनिक गरिएको पोस्टरमा अनमोल र सुहाना रोमान्टिक मुडमा देखिएका छन् । पोस्टरमा अनमोलले चुम्बन गर्न खोज्दा सुहाना लजाएको देखिन्छ । कोरोना महामारी नभएको हुन्थ्यो भने यो फिल्म यसपालीको दशैंमा प्रदर्शनमा आइसकेको हुने थियो ।  तर, कोरोनाका कारण छायांकन पूरा नभएपछि फिल्मको प्रदर्शन अनिश्चिलकालका लागि स्थगित गरिएको थियो ।
 
लकडाउनभन्दा अगाडि फिल्मको ५० प्रतिशत छायांकन सकिएको थियो । कोरोनाका कारण ९ महिना छायांकन रोकिएपछि यसपालीको दशैंबाट निर्माण टिमले बाँकी छायांकन सुरु गर्‍यो । करीब १५ दिनको सुटिङपछि फेरि २ महिनाका लागि छायांकन रोकियो । अब बिहीवारबाट बाँकी छायांकन सुरु हुँदैछ । चैत पहिलो साताभित्र सम्पूर्ण छायांकन सक्ने योजनामा निर्माण टिम छ ।
 
अभिनेत्री झरना थापा निर्देशित फिल्मका निर्माता सुनिल कुमार थापा हुन् । फिल्ममा सलोन बस्नेतको पनि मुख्य भूमिका छ । लकडाउनको समयमा निर्माण टिमले गायक दुर्गेश थापालाई विशेष भूमिकामा अनुबन्ध गरेको थियो । फिल्ममा उनको केही सिन र एक गीत रहने बताइएको छ । सञ्जय लामा छायाँकार रहेको फिल्मको निर्माण लागत डेढ करोड नाघ्ने अनुमान गरिएको छ ।
Most Visited News (monthly)